Ultimate magazine theme for WordPress.

अवैध रकम सहित सर्राफ र आलम पक्राउ

136

जन गुनासो सम्वाददाता
वीरगंज, १७ कार्तिक ÷ पर्सा प्रहरीको छापामा अवैध रकम सहित २ जना पक्राउ परेको छ । पर्सा प्रहरीले वीरगंज महानगरपालिका वडा नं. १० आदर्शनगर स्थित पवन कुमार सर्राफको घरमा छापा हान्दा १५ लाख ५१ हजार सहित दुई जनालाई पक्राउ गरिएको हो ।
बिशेष सुचनाको आधारमा शुक्रवार करिब २ बजेको समयमा पर्सा प्रहरीले सर्राफको घरमा छापा हान्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पवन कुमार सर्राफको ३२ बर्षिय छोरा ज्ञानन्द्र कुमार सर्राफ र पर्सा जिल्ला धोबिनी गाउपालिका वडा नं. छ बस्ने रैफुल आलमको ३० बर्षिय छोरा ईमत्याज आलमलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ । पक्राउ भएको सर्राफ र आलमलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन पुलचोक ललितपुर पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.