Ultimate magazine theme for WordPress.

अलौ नाका तस्करी गर्ने गिरोहहरुका लागि ट्रान्जिट प्वाइन्ट बन्दै

550

पर्सा, ३१ बैशाख / पर्साको अलौ नाका हालको समयमा तस्करी गर्ने गिरोहहरुका लागि ट्रान्जिट प्वाइन्टको रुपमा रुपान्तरण हुदै गएको छ । दिनभरी सुनशान देखिने अलौ नाका रातिको समयमा अवैध धन्दा गर्ने गिरोहहरुका लागि ट्रान्जिट प्वाइन्टको रुपमा रुपान्तरण बन्दै गएको हो ।
शान्ति सुरक्षा लगायत सीमा सुरक्षामा खटिने प्रहरीहरु तस्करले दिएको रकममै रमाउन थालेपछि अलौ नाका ट्रान्जिट प्वाइन्टको रुपमा रुपान्तरण हुदै गएको स्थानीयहरु नै बताउछन । तस्करीका मालसमान अवैध तरिकाले आयात निर्यात गर्दा रातभरी मोटरसाइकलको ध्वनीले सुत्न समेत नसकेको स्थानीय बताउछन । स्थानीयका अनुसार सीमा सुरक्षाको लागि रातभरी सीमामा सशस्त्र प्रहरीको टोली परिचालन भएको हुन्छ, शान्ति सुरक्षा लगायत अपराध र तस्करी नियन्त्रण गर्न रातभरी नेपाल प्रहरीको टोली पनि परिचालन भएको पाइन्छ तर प्रहरीकै आखा अगाडीबाट खुल्याम तस्करी धन्दा गर्नुले तस्करीको रकम प्रहरीका उच्च अवधासम्म पुगेकै हुन सक्ने आरोप लगाए ।
स्थानीय प्रहरी चौकी ड्राइपोर्ट र बोर्डर आउट पोष्ट अलौमा कार्यरत रहेका प्रहरीहरु लगायत कार्यालय प्रमुखहरुलाई समेत मासिक रुपैमै रकमको भेट चढाए पश्चात तस्करीको लाइन संचालन गर्न दिइएको स्थानीय तस्कर श्रोतले जनाएका छन । स्थानीय प्रहरी चौकी र सशस्त्र प्रहरीको क्याम्ँप मात्रै नभई माथिल्लो निकायसम्म तस्करीको रकम पुगेकै कारण निर्धक रुपमा तस्करीको कार्य गर्दै आएको, उनले बताए । उनका अनुसार प्रहरी संगठन मात्रै नभई अरु संगठनमा आवद्ध रहेकाहरुलाई पनि मासिक रुपमै नजराना बुझाई सकिएको बताए ।
माथिल्लो निकायकै आदेश पालना गर्ने गरेको सीमामा खटिएका एक जना सशस्त्र प्रहरी जवान बताउछन । उनका अनुसार अलौ नाकामा मात्र ८ जना भन्दा बढी ठुला वडा तस्करहरुको समुह रहेको स्विकार्दै माथिल्लो निकायकै आदेशका कारण छोड्ने गरिएको समेत दुखेसो पोखे । रातिको समयमा सीमामा सुरक्षा दिए वापत तस्करहरु संग प्र्रति दिन रातिको समयमा ५ देखि ७ हजारसम्म कमाई हुने गरेको तर माथिल्लो निकाय अर्थात बोर्डर आउट पोष्ट अलौ र सशस्त्र प्रहरी गणका प्रमुखलाई के कति रकम जाने गरेको हो भन्ने बिषयमा जानकारी नभएको बताए । आफु सानो दर्जामा रहेको कारण नाम सम्प्रेशन नगर्ने सर्तमा अलौ नाकाको तस्करी बारे प्रष्टयाउदै सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका तत्कालीन प्रमुखकै आदेशमा तस्करी धन्दा संचालन रहेको बारे छर्लङ पारे ।
यता अलौ नाकाबाट तस्करी हुदै गरेको अवस्थामा सुचना दिन जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख कुमोद ढुंगेलको ९८५५०७५५५५ नम्बरमा ९ बजेर ५४ मिनेटमा फोन गर्दा फोन उठाउन मानेन्न भने सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका तत्कालीन प्रमुख किसन कर्मचार्यको मोवाइल नम्बर ९८५१२७२१११ मा १० बजेर एक मिनेटमा फोन गर्दा फोन उठाउन चाहेन्न । जसका कारण तस्करीको धन्दा वापत माथिल्लो निकायसम्मको सेन्डिकेट भएको हुन सक्ने अनुमान गरिएको छ । तसर्थ ः यस बिषयमा नेपाल प्रहरी संगठनका प्रमुख आईजीपि बसन्त कुवर लगायत सशस्त्र प्रहरी बल नेपाल संगठनका प्रमुख आईजीपि राजु अर्यालको ध्यान पुग्न अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.