Ultimate magazine theme for WordPress.

अमेरिकी नीतिप्रति मेक्सिकोको असन्तुष्टि चुलिँदै

465
फागुन १३ : मेक्सिकोका विदेशमन्त्री लुइस भिडेगाराइले ट्रम्प प्रशासनको पछिल्लो नीतिले दक्षिणी छिमेकी मुलुकहरु चिढिएको बताउनुभएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष प्रतिनिधिका रुपमा मेक्सिको पुगेका अमेरिकी विदेशमन्त्री र आन्तरिक सुरक्षा मन्त्रीसँको भेटपछि आयोजित पत्रकार सम्मेलनमा उहाँले अमेरिकाले आफ्नो मुलुकसम्बन्धमा लिएको पछिल्लो नीतिप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो ।
ट्रम्प प्रशासनको आप्रवासी नीतिप्रति संकेत गर्दै विदेशमन्त्री भिडेगाराइले मेक्सिको वा अन्य जुनसुकै मुलुकका भएपनि सबै आप्रवासीलाई फिर्ता पठाउने अमेरिकी नीति प्रति आक्रोश पोख्नुभयो ।
यद्यपी अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले अमेरिका र मेक्सिको दुईवटा सार्वभौम मुलुक भएको भन्दै कहिलेकाही मतभेद हुनु स्वभाविक भएको टिप्पणी गर्नुभएको छ । भेटमा अमेरिकी आन्तरिक सुरक्षा मन्त्री जोन केलीले अमेरिकामा अवैध रुपमा बसिरहेका विदेशीलाई सामूहिक रुपमा निकाला नगरिने र सेनाको प्रयोग समेत नगरिने आश्वासन दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Leave A Reply

Your email address will not be published.