बारामा प्रकाशको स्मृति सभामा विभिन्न कार्यक्रम

जगु सम्वाददाता
बारा, ४ मंसिर ÷ बारामा प्रकाशको स्मृति सभामा विभिन्न कार्यक्रमको अयोजना गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी जिल्ला कार्यसमितिले सोमवार आयोजना गरेको स्मृति सभामा बोल्दै केन्द्रिय सदस्य गोपाल ठाकुरले स्वर्गीय प्रकाशलाई सम्झिदा महाभारतको अभिमन्युसँग दाहाललाई तुलना गरेका थिए ।
प्रकाश नेकपा अध्यक्ष प्रचण्डको छोरा भए पनि उनी पार्र्टी प्रति एकदम गम्भिर र सचेतकको रुपमा रहेको केन्द्रिय सदस्य ठाकुरले आखा रसाउदै स्मृति सभामा बताएका थिए । कार्यक्रम प्रदेश सभा सदस्य ज्वाला साह, बलविर चौधरी, उधोग वाणिज्य सँघ बाराका अध्यक्ष विनोद साह, युवा नेता मुकेश साह, रमेश साह, पुरुषोतम साह, हरिओम साह, उमेश कुशवाहा, जितेन्द्र तिवारी, अनिल श्रेष्ठ लगायतका प्रकाशले पार्टी बारे गरेका योगदानलाई सम्झेका थिए । कार्यक्रममा सयौ कार्यकर्ताको सहभागिता रहेको थियो । नेकपाले आयोजना गरेको स्मृति सभाका सञ्चालन केन्द्रिय सदस्य ध्रुव यादवले गरेका थिए ।
त्यस्तै अखिल विधार्थी सँघले पनि बारा जिल्लामा स्वर्गिय प्रकाश दहालको स्मृति सभामा कलैया उपमहानगरपालिकाको मुख्य चौकमा दिप प्रज्वलन गरि सम्झेका थिए । दिप प्रज्वलन गदै अखिलका केन्द्रिय सदस्य दिनेश यादवले स्वर्गिय दाहालले पार्टी प्रति गरेको योगदानलाई कदर गर्दै अघि बढन सुझाएका थिए । पार्टी अध्यक्षको छोरो भए पनि उनमा कहिले पनि त्यो घमण्ड नभएको समेत यादवले बताए ।
दिप प्रज्वलन कार्यक्रममा उमेश कुशवाहा, युवा नेता मुकेश साह, वडाध्यक्ष जलाउदिन मसुर, राजेश्वर मेहता, रमेश साह, रमोद यादव, मोहन लामिछाने, लगायतको सहभागिता रहेको थियो ।

Comments (0)
Add Comment