सानदार जितसँगै बार्सिलोना सेमिफाइनलमा

माघ १४ : रियल सोसिडाडलाई ५–२ गोल अन्तरले हराउँदै बार्सिलोना कोपा डेल रे कपको सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार राति घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले १७ औं मिनेटमा डेनिस स्वरेजको गोलबाट अग्रता लिएको थियो।

बाँकी छ गोल भने दोस्रो हाफमा भयो।

५५ औं मिनेटमा लिओनल मेस्सीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई २(० को अग्रता दिलाए।

६२ मिनेटमा सोडिडाडका जुआनमीले गोल गर्दै बार्सिलोनाको २–१ बनाए। त्यसको एक मिनेट वित्न नपाउँदै बार्सिलोनाका लागि स्वरेजले गोल गरे।

७३ औं मिनेटमा रियल सोसिडाड डा रिल्भाले गोल गरे। तर, घरेलु टोलीका लागि ८० औं मिनेटमा टुरानले, ८२ औं मिनेटमा डेनिस स्वरेजले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना ५–२ ले विजयी भएको हो।

बार्सिलोनाले कीर्तिमानी २८ पटक कोपा डेल रेको उपाधि जितिसकेको छ।

बार्सिलोनासँगै एथ्लेटिको मड्रिड, सेल्टाभिगो र अलाभेस अन्तिम चारमा पुगेका छन्।

Comments (0)
Add Comment