विराटको टोलीलाई ठूलो धक्का, पूणेसँग अंक बाड्यो

बैशाख, १३ :
भारतीय क्रिकेट कप्तान विराट कोहलीको टिम रोयल च्यालेञ्जर्स बेङ्लोरलाई हिजो राती ठूलो धक्का लागेको छ। आफ्नो घरेलु मैदानमा पूणे सुपरजाइन्ट्सविरुद्ध आठौं खेल वर्षाका कारण प्रभावित भएपछि बेङ्लोर अंक बाड्न बाध्य भयो।

पहिले चोटका कारण ३ खेल खेल्न नसकेका विराट टिममा फर्किएपछि पनि बेङ्लोरको प्रदर्शनमा खासै सुधार आएको छैन्। स्टार ब्याट्सम्यानले भरिएको बेङ्लोरले पछिल्लो ७ खेलमा ५ पराजय भोगिसकेको छ। दुई खेल मात्र जित्न सफल विराटको टोली पूणेसँग १ अंक बाँडेपछि ६ स्थानमा पुगेको छ।

अघिल्लो खेलमा मात्र बेङ्लोर कोलकाता नाइडराइडर्ससँग ४९ रनमा आउट भएको थियो। जुन आइपिएलको अहिलेसम्मकै सबैभन्दा कम स्कोर हो।

Comments (0)
Add Comment