लिबियाको यात्रुवाहक विमान अपहरण : महिला र बालबालिकालाई छाडियो

दुई जना गद्दाफी समर्थकहरुले अपहरण गरेको भनिएको लिबियाको यात्रुवाहक विमानका महिला र बालबालिकालाई छाडिएको छ।

लिबियाको अफ्रिकिया एयरवेजको ए ३२० विमानलाई शुक्रबार अपहरण गरिएको थियो। माल्टाका प्रधानमन्त्रीले ११८ जना चढेको विमान अपहरणमा परेको पुष्टि पहिलो पटक गरेका थिए।

माल्टाको टिभीले अपहरणकारीहरुले आफूसँग ह्यान्ड ग्रिनेड रहेको भन्दै आफ्ना मागहरु पूरा नभए पडकाइदिने धम्की दिएका छन्।

विमानमा लिबियाली, भारतीय र पाकिस्तानी नागरिक रहेका छन्।

सेबाहबाट त्रिपोलीतर्फ जाँदै गरेको विमानलाई आकाशबाटै माल्टातर्फ मोड्न लगाइएको थियो।  फोटो : रोयटर्स(यो अहिले भइरहेको घटनाको समाचार हो। यसमा नेपाली समय अनुसार साँझ सात बजेसम्मको घटनाक्रममात्र समेटिएको छ। थप अपडेट जारी रहनेछ) 

श्रोत :पहिलो पोष्ट

Comments (0)
Add Comment