लण्डनका लर्ड मेयर नेपाल आउँदै

लण्डन, पुस २९ : नेपाल-बेलायत कुटनैतिक सम्बन्धको दुई सय वर्षगाँठको अवसरमा लण्डनका लर्ड मेयर डा. एन्ड्रयू पामले चारदिने नेपाल भ्रमणमा आउने भएका छन्। उनी यही माघ दोस्रो साता नेपाल आउन लागेको बताइएको छ।

लण्डनस्थित नेपाली दूताबास स्रोतका अनुसार मेयर पामलेको भ्रमण जनवरी २१ देखि २५ (माग ८-१२ गते) सम्म हुनेछ। यो भ्रमण औपचारिक हुने बताइएको छ।

लण्डन लर्ड मेयरको चुनाव हरेक वर्ष हुने गर्छ। पामले गत वर्षको अक्टोबरमा लर्ड मेयरमा निवार्चित भएका हुन्।

Comments (0)
Add Comment