Ultimate magazine theme for WordPress.

बारामा धमाधम अवैध क्रसर उद्योग संचालन, प्रमुख जिल्ला अधिकारी मौन

85

बारा, २३ जेष्ठ / बाराको जिल्लाको बिभिन्न ठाउहरुमा दर्ता नै नगराई अवैध क्रसर उद्योगहरु धमाधम संचालनमा आउन थालेको छ । क्रसर उद्योग राम्रो आम्दानीको श्रोत भएकै कारण मापदण्ड र गैरकानुनी रुपमा भएपनि बारा जिल्लामा धमाधम क्रसर उद्योगहरु संचालन हुन थालिएको हो । क्रसर उद्योग निरीक्षण गर्ने निकाय नै आर्थिक भागबन्डामा सजिलै मिल्न थालेपछि क्रसर संचालकहरु बाराको बिभिन्न ठाउहरुमा धमाधम क्रसर उद्योगहरु संचालन गर्न थालेका छन । क्रसर उद्योग संचालन मात्र नगरी सार्वजनिक जग्गा समेत अतिक्रमण गरी क्रसर उद्योगहरु संचालन भएको बारा जिल्लामा सहजै रुपमा पाउन सकिन्छ । बाराको निजगढ नगरपालिका अन्तर्गत रहेको अधिकाँश क्रसर उद्योग सार्वजनिक जग्गामा सँचालन भएपनि कार्वाही गर्ने निकाय मौन रहेको देखिन्छ । निजगढ नगरपालिका अन्तर्गतको बकैया खोलामा मात्रै दर्जनौ क्रसर उद्योग राजमार्गको एक सय मिटर दूरीमा खोलाकै सार्वजनिक जग्गामा सञ्चालन भएको पाइन्छ । खुल्याम रुपमा अवैत्र क्रसर उद्योग संचालन हुनुमा निरीक्षण गर्ने निकायकै मिलोमतो हुने गरेको सहजै अनुमान गर्न सकिन्छ । निरीक्षण गर्ने निकायको भागबन्डा मिले पश्चात सार्वजनिक जग्गा अतिक्रमण नै गरी क्रसर उद्योग संचालन हुन थालिएको बरेली सर्वसधारण जनता नै बताउन थालेका छन । बारा जिल्ला निजगढको हकमा भन्ने हो भने मासिक रुपमै नजराना बुझाउने गरेको कारण खुल्याम नियम कानुन मिचेर भएपनि क्रसर उद्योग संचालन गरेको पाइन्छ । प्रति महिनाको १ गतेदेखि ४ गते भित्र निरीक्षण गर्ने निकायमा पैसाको बिठो नै लिएर पुग्ने गरेको कारण क्रसर उद्योग बन्द हुन नसकेको एक संचालक नै बताउछन । रकमको भरमा सबै निकायलाई खरिद गर्न सकिन्छ, तर मात्र के कति हैसियत हो भन्नेमा भर पर्दछ, उनले भने । बारा जिल्लामा अवैध क्रसर उद्योग संचालन हुनुमा निरीक्षण गर्ने निकाय भनिएको जिल्ला प्रशासन कार्यालयको समेत कमिकमजोरी रहेको बारे छर्लङ हुन्छ । मापदण्ड समेत पुरा नगरी सुरु भएको क्रसर उद्योगलाई संरक्षण गर्नुमा जिल्ला प्रशासन कार्यालयको समेत त्यतिकै सहयोग हुने गरेको स्पष्टै देख्न र बुझन सकिन्छ । घरेलु तथा साना उद्योग कार्यालयको विवरण अनुसार बारा जिल्लामा २८ वटा क्रसर उद्योगहरु दर्ता भई संचालनमा रहेको पाइन्छ । तर दर्ता रहेपनि अधिकांश क्रसर उद्योग नविकरण नगरिएको समेत पुष्टि हुन्छ । बालुवा प्रशोधन र बालुवा वासिङको लागि २५ वटा उधोग दर्ता रहेको पाइन्छ । तर बालुवा प्रशोधन र बालुवा वासिङको नाममा दर्ता भएपनि अधिकांश क्रसर उद्योगमा दुबै कार्य हुने गरेको समेत पाइन्छ । बारा जिल्लाको निजगढ, कलैया, भलुही, कचोर्वा, लगायतका ठाउहरुमा ५० वटा भन्दा बढी क्रसर उद्योगहरु संचालन रहेको छ । तर अधिकांश क्रसर उद्योग मापदण्ड विपरीत संचालन भएको पाइन्छ । तसर्थः यस्ता गैर कानुनी तरिकाले संचालन गरेका उद्योगहरु माथि कारवाही प्रकृया अगाडी बढाउन अवाश्यक देखिन्छ । यसमा जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.