Ultimate magazine theme for WordPress.

सप्तरी घटनाका दोषिलाई कार्यवाही नगरे कडा संर्घषमा उत्रीने अध्यक्ष यादवको चेतावनी

62

 वीरगन्ज चैत्र १३:संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा पर्साले आज वीरगन्जमा एक कार्यक्रमको आयोजना गरी सप्तरी घटनामा प्रहरीको गोली लागि ज्यान गुमाएकाहरुको आत्मको  शान्तिको कामना गरेको छ । फोरम पर्साका अध्यक्ष प्रदीप यादवको अध्यक्षतमा वीरगन्जको घण्टाघर चोकमा सांझ दिप प्रज्वलित गरी मृतकहरुको आत्माको शान्तिको कामना गर्दै श्रधान्जली अपर्ण  गरिएको हो ।
दिप प्रज्वलित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले प्रहरीको बदमासिको कारण ६ जना मधेसी शपुतहरुको अनाहकमा ज्यानको टिप्पनी गर्नुभयो । उहाँले प्रहरीको गोलीबाट मृत्यु भएकाहरुलाई सरकारले शहिद घोषण गर्नु माग गर्नु भयो।
सप्तरी घटनाको दोषि रहेका प्रमुख जिल्ला अधिकारी  र प्रहरी उपरिक्षकहरुलाई छानविनको नाममा सरकारले जोगाउने प्रयास गरेको आरोप लगाउदै अध्यक्ष यादवले दोषिलाई कडा भन्दा कडा कार्यवाही नगरे सरकार विरुघ पुरै मधेसमा आन्दोलन चर्कीने चेतावनी दिनुभयो।
कार्यक्रममा फोरम नेपालकी केन्द्रियस सदस्य करिमा बगेम, फोरमका  नेता शिपु तिवारी लगायात सद्भावनाका नगर अध्यक्ष ओमप्रकाश शराफ ,इश्वर यादव,महिला नेत्री रेखा साह लगायत मोर्चा समिलित पार्टीका नेता कार्यकर्ता तथा  विद्यार्थी फोरमका पदाधिकारीहरुको बाकलो उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.