Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरीद्वारा १० हजार कुखुराको चल्ला बरामद

279

पर्सा, १९ श्रावण / नेपाल र भारतको सीमा हुँदै नेपाल भित्रयाउदै गरेको अवस्थामा १० हजार कुखुराको चल्ला सशस्त्र प्रहरीले बरामद गरेको छ । ५ वटा भारतिय मोटरसाइकलमा कुखुराको चल्ला लोड गरि भित्रयाउदै गरेको अवस्थामा सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको हो ।
भारतबाट नेपाल भित्रिदै गरेको सूचना पाउनसाथ सशस्त्र प्रहरी बल १३ नम्बर गणबाट खटिएको टोलिले ५ वटा मोटरसाइकलमा लोड गरेर लिएर आइरहेको अवस्थामा पक्राउ गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । प्रती मोटरसाइकल २ हजारको दरले ५ वटा मोटरसाइकलमा १० हजार चल्ला लोड रहेको छ । भारतबाट नेपाल भित्रयाउदै गरेको अवस्थामा खटिएको सशस्त्र प्रहरीको टोलि हेर्नसाथ तस्करहरू फरार भएपनी ५ वटा मोटरसाइकल सहित चल्ला नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुवरले जानकारी दिनुभयो । रातिको समयमा चोर बाटो हुँदै नेपाल भित्रयाइ रहेको अवस्थामा अलौ र अमरपट्टीबाट पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरी उपरीक्षक कुवरले जानकारी दिनुभयो । उहाले पक्राउ गरिएको चल्ला अवाश्यक कारवाहीको लागि पशु क्वारेन्टाइनमा बुझाउने तयारी गरिएको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.