Ultimate magazine theme for WordPress.

धनुषामा सादा पोशाक प्रहरीको तान्डव

209

उमेश दुबे
पर्सा, २५ माघ / धनुषा जिल्लाको सीमा नाकामा खटिएका सादा पोशाकको टोलिले आर्थिक तान्डव मचाएका छन । प्रहरीले नै सीमा नाकामा आर्थिक तान्डव मचाउन थालेपछी तस्कर समुहहरूको बिगबिगी बढन थालेको हो ।

संघीय प्रहरी इकाइ जनकपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमासन्कर पजियारले प्रहरी नायब निरीक्षक जयलाल यादवको कमान्डमा प्रहरी हवलदार मोतिराम पटेललाई सादा पोशाकमा परिचालन गरेका छन भने जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक वसन्त रजौरेले प्रहरी नायब निरीक्षक नागेन्द्र यादवको कमान्डमा प्रहरी हवलादर मनोज महतो, प्रहरी जवान जितेन्द्र यादवलाई सादा पोशाकमा परिचालन गरेका हुन । कुनै अप्रिय घटना नहुन दिन खटाइएका घुमुवाहरू आर्थिक चलखेलमा सिमित भए पश्चात् सीमा नाकाबाट तस्करी कार्य मौलाउदै गएको प्रष्ट हुन्छ ।

माथिल्लो निकायको छत्र छाया पाए पश्चात् सादा पोशाकमा खटिएका प्रहरीहरू मासिक रूपमा लाखौ आम्दानी गर्दै आएको स्थानीयहरूले जनाएका छन । प्रदेश प्रहरी कार्यालयका प्रमुख उमेश रन्जितकारको अवकाश हुने समय नजिक्दै जादा सादा पोशाकमा प्रहरी परिचालन गरि आर्थिक तान्डव मचाएको हुन सक्ने स्थानीय जनप्रतिनिधि लगायत सर्वसाधारणले गुनासो गरेका छन ।

धनुषा जिल्लाको मैनाथपुर, दुहबी, जटही, फुलगामा, मुसहरनिया, खरिहानी, नगराएन लगायत नाकाहरूबाट तस्करी कार्य सुचारू भएको छ । बिगत लामो समयदेखी रूकिएको तस्करी लाइन प्रहरीले चान्दा स्वरूप मासिक लाखौ उठाउन थालेपछी तस्करी कार्य फस्टाउन थालेको छ । धनुषा जिल्लाको विभिन्न नाका हुँदै कुख्यात तस्करको रूपमा चिनिने सुरेश, सम्तुल्लाह, रहमान, सोहन जलान, बरतुल्लाह,उमेश, बिन्देश्वर नायक, चाची, राजिव महासेठ, मनोज, लङ्गडा लगायतका तस्कर समुहले सीमा नाकामा तान्डव मचाएको पाइन्छ ।

यता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक वसन्त रजौरेका चालक प्रहरी हवलदार अजाद यादवले घुमुवाले गरिरहेको लापरबाहीको बिषयमा आफ्ना हाकिमलाइ गुनासो सुनाउदा सरूवाकै भागिदार हुनु परेको स्थानीय प्रहरी श्रोतले जनाएका छन । तस्कर समूह र घुमुवा प्रहरीको साटघाटको बिषयमा आफ्ना माथिल्लो निकायलाइ खबर गर्दा सरूवाको सिकार हुन पुगेको स्थानीय प्रहरीले आफ्नो नाम गोप्य राख्ने सर्तमा बताएका हुन

नेपाल प्रहरी संगठनका प्रमुख आइजिपी शैलेस थापा क्षेत्रीले मधेस प्रदेश भित्र रहेका घुमुवाहरूलाई कारवाहिको दायरामा ल्याएको दाबी गदरेपनी प्रदेश प्रहरी कार्यालय रहेकै ठाउमा घुमुवाको तान्डव हुदा संगठनकै नीति निर्देशन माथी प्रश्न चिन्ह खडा भएको छ । नामूद तस्करहरू संघीय इकाइ प्रहरी र जिल्ला प्रहरी कार्यालयको नामले मासिक ४ लाख देखि १० लाख महिनवारी स्वरूप दिदै आएको बताइन्छ । बिगत १० बर्षदेखि धनुषामा सादा पोशाकमै परिचालित हुँदै आएको घुमुवालाई कारवाही नगर्नुले पनि संगठनको निर्देशन र कामकारवाही माथी प्रश्न चिन्ह खडा भएको छ ।

Leave A Reply

Your email address will not be published.