Ultimate magazine theme for WordPress.

८ बोरा नक्कली मल सहित साह सशस्त्र प्रहरीको फान्दामा

754

उमेश दुबे
बारा, १३ मन्सिर / नक्कली मल सहित बाराबाट एक जनालाइ सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । बोर्डर आउट पोस्ट गोलागन्जबाट खटिएको सशस्त्र प्रहरीको टोलिले बिशेष सूचनाको आधारमा नक्कली मल बनाइ बिक्री बितरण गरिरहेको अवस्थामा एक जनालाइ पक्राउ गर्न सफल भएको हो ।
बाराको सिम्रौणगढ नगरपालिका वडा नम्बर ११ भगवानपुरबाट नक्कली मल सहित एक जना नेपाली नागरिक र २ वटा मोटरसाइकल बरामद गर्न सफल भएको सशस्त्र प्रहरीले जनाएको छ । बोर्डर आउट पोस्ट गोलागन्जबाट सशस्त्र प्रहरी निरीक्षक कबिर मल्लको कमान्डमा खटिएको प्रहरी टोलिले विशेष सूचनाको अधारमा नक्कली मल बिक्री बितरण गर्न गइरहेको ना १२ प ५८८ र ना ११ प ५००१ नम्बरको मोटरसाइकलमा लोड रहेको अवस्थामा एक जनालाइ पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरी बलले जनाएको छ । सशस्त्र प्रहरीलाई हेर्नसाथ एक जना फरार भएको र एक जनालाइ नियन्त्रणमा लिन सफल भएको सशस्त्र प्रहरी निरीक्षक मल्लले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा बारागढी गाउपालिका वडा नम्बर ५ घर भइ हाल सिम्रौणगढ नगरपालिका भगवानपुर ससुराली घर बस्दै आएका ३० बर्सिय उमासन्कर साह रहेको सशस्त्र प्रहरी बलले जनाएको छ । नियन्त्रणमा लिएको साह, मोटरसाइकल र ८ बोरा नक्कली मलको बोरा अवाश्यक कारवाहीको लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरी निरीक्षक कबिर मल्लले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.