Ultimate magazine theme for WordPress.

३ वटा मोटरसाइकल सहित ८ लाख बराबरको कपडा सशस्त्र प्रहरीको नियन्त्रणमा

263

उमेश दुबे
बारा, ३० आश्विन ÷ भारतबाट अवैध तरिकाले नेपाल भित्रयाउदै गरेको कपडा सहित ३ वटा भारतीय मोटरसाइकल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । बाराको कवहीगोठ हुदै नेपाल भित्रयाउदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल २ नम्बर बाहिनीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिन सफल भएको हो ।
मोटरसाइकलको माध्यमले बाराको कवहीगोठ हु“दै कपडाको तस्करी भइरहेको बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल २ नम्बर बाहिनीबाट खटिएको टोलीले सूवर्ण गाउपालिका वडा नम्बर ३ सोलखपुरबाट मोटरसाइकल सहित कपडा नियन्त्रणमा लिन सफल भएको सशस्त्र प्रहरी बलले जनाएको छ । भारतबाट अवैध तरिकाले नेपाल भित्रयाउदै गरेको अवस्थामा सशस्त्र प्रहरीलाई हेर्नसाथ तस्करहरु मोटरसाइकल छोडी फरार भएको सशस्त्र प्रहरीले जनाएको हो ।
सशस्त्र प्रहरीले पक्राउ गरेको मोटरसाइकल मध्ये दुई वटा नेपाली प्लेट र एउटा भारतीय नम्बर प्लेट रहेको बुझिन्छ । सशस्त्र प्रहरी बल २ नम्बर बाहिनीबाट खटिएको टोलीले ८ लाख बराबरको कपडा र मोटरसाइकल बरामद गर्नसाथ बोर्डर आउट पोष्ट कवहीगोठको सशस्त्र प्रहरी निरीक्षक देवीलाल गोटालेलाई बाहिनीमा झिकाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
नेपाल र भारतको सीमाबाट तस्करी हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्रयास गरिरहेपनि तस्कर संगठनहरुले खुल्ला सीमाको फाइदा उठाउदै तस्करी गर्न सफल भइरहेको प्रष्ट हुन्छ । पक्राउ गरिएको कपडा र मोटरसाइकललाई अवाश्वक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.