Ultimate magazine theme for WordPress.

सस्त्र प्रहरीका डिआइजी श्रेष्ठको अर्को धामाका : १ किलो ७५० ग्राम सुन सहित ६ जना पक्राउ

17,092

उमेश दुबे
सिरहा, २८ पुस / सिरहाको गोल बजारबाट १ किलो ७५० ग्राम सून सहित ६ जनालाई सस्त्र प्रहरीले पक्राउ गरेको छ । सस्त्र प्रहरीको बिशेश टोलिले सुचनाको अधारमा सिरहाको गोल बजारबाट पक्राउ गर्न सफल भएको हो ।
प्रदेश नम्बर २ को बाहिणिबाट खटिएको विशेष टोलिले सुचनाको अधारमा ६ जनालाई चेकजाच गर्दा १ किलो ७५० ग्राम सुन सहित पक्राउ गरिएको सस्त्र प्रहरीले जनाएको छ । सस्त्र प्रहरीलाई सुचना आउनसाथ प्रदेश नम्बर २ बाट खटिएको विशेष टोलिले पूर्व पश्चिम् राजमार्ग अन्तर्गतमा पर्ने सिरहाको गोलबजार र मिर्चैयाको बिचबाट पक्राउ गरिएको बताइएको छ । सस्त्र प्रहरीले आजै सिरहाको ७ नम्बर गणमा पत्रकार सम्मेलनको आयोजना गरि पक्राउ परेको भारतिय नम्बर स्कोर्पियो बिआर ३२ पिए ४६४४ नम्बरको गाडी सहित सोही जिल्लाको १९ बस्ने ३२ बर्सिय गाडी चालक महम्द रियाज राइम,महम्द अमिरूल, कैयुम राइम, महम्द हकिम,महम्द रहमान र सप्तरी निवासी महम्द अफ्रोजलाइ नियन्त्रणमा लिएको डिआइजी प्रविन श्रेस्ठले जानकारी दिनुभयो । उहाले उनिहरूको साथबाट १ किलो ७५० ग्राम सुन सहित नगद ३४ हजार ५ सय र ६ थान मोबाइल बरामद भएको जानकारी दिनु भयो । पक्राउ गरेकाहरूलाइ अनुसन्धानको लागि सम्बन्धित निकायमा बुझाइएको डिआइजी प्रवीण श्रेष्ठले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.