Ultimate magazine theme for WordPress.

१९ किलोग्राम चान्दी सहित एक जना नेपाली नागरिक पक्राउ

379

उमेश दुबे
बारा, १ कार्तिक / बाराको सतुआही नाकाबाट १९ किलोग्राम चान्दी सहित एक जना पक्राउ परेका छन । भारतबाट नेपालतर्फ आउदै गरेको अवस्थामा १८ किलोग्राम चान्दी सहित एक जना नेपाली नागरिकलाइ सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।
बोर्डर आउट पोस्ट गोलागन्जबाट सशस्त्र प्रहरी निरीक्षक कबिर मलको कमान्डमा खटिएको टोलिले भारतबाट नेपाल आउदै गरेको अवस्थामा सतुवाही नाकाबाट पक्राउ गर्न सफल भएका हुन । भारतबाट चान्दी लिएर आइरहेको बिशेश सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीको टोलिले सुम्रौणगढ नगरपालिका वडा नम्बर ६ सतुवाही नाकाबाट १९ किलो एक सय ग्राम चान्दी सहित पक्राउ गर्न सफल भएको हो ।
बारा जिल्ला गढी गाउपालिका वडा नम्बर ६ गन्जभवानिपुर बस्ने धनपल साहको ३२ बर्सिय छोरा मुक्ति साह चान्दी सहित पक्राउ परेको सशस्त्र प्रहरी बलले जनाएको छ । बि.आर.०६ एम १०६० नम्बरको मोटरसाइकलमा आउदै गरेको अवस्थामा पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरी निरीक्षक कबिर मलले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.