Ultimate magazine theme for WordPress.

१९ औ सशस्त्र प्रहरी दिवसको अवसरमा बारामा विभिन्न कार्यक्रमको आयोजना

306

उमेश दुबे
बारा, ९ माघ / १९ औ सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी बलले मुसहर बस्तिमा कम्बल वितरण गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दिग बिजय सुवेदीले मुसहर बस्तीमा कम्बल वितरण गरेका हुन ।
महागढिमाइ नगरपालिका वडा नम्बर ७ मा रहेको मुसहर बस्तिमा १ सय ११ घर परिवारलाइ कम्बल वितरण गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । काठमान्डू महाराजगन्जमा रहेको बिष्णु सरस्वती फाउन्डेसनको सहकार्यमा सशस्त्र प्रहरी बलले मुसहर बस्तीमा कम्बल बितरण गरिएको बताइएको छ । मुसहर बस्तिमा रहेको १ सय ११ जना बिपन्न परिवार, ७ जना एक्कल महिला र ४ जना शारीरिक रूपमा अशक्त ब्यक्तिहरूलाइ कम्बल वितरण गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
कम्बल वितरण कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक दिग बिजय सुवेदी तथा बिष्णु सरस्वती फाउन्डेसनका प्रतिनिधिहरूको उपस्तिथि रहेको थियो ।

यसैगरि १९ औ सशस्त्र प्रहरी दिवसको उपलक्ष्यमा गढिमाइ मन्दिरमा सरसफाइ कार्यक्रमको आयोजना गरिएको थियो । सशस्त्र प्रहरी बलले गढिमाइ मन्दिर परिसरमा बृहत सरसफाइ कार्यक्रमको आयोजना गरि सरसफाइ गरिएको जनाइएको हो । आज बिहान बाराको प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलको उपस्तिथिमा बिश्वकै एतिहासिक मन्दिरको रूपमा मानिएको गढिमाइ मन्दिर परिसरमा सरसफाइको कार्यक्रम गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । उक्त कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक दिग बिजय सुवेदी लगायत महागढिमाइ नगरपालिकाका बिजय कुश्वाहा, स्थानिय राजनितिकर्मी, समाजसेवी एवम सन्चारकर्मीको उपस्तिथि रहेको थियो ।

Leave A Reply

Your email address will not be published.