Ultimate magazine theme for WordPress.

१०७ किलो लागु औषध गाजा सहित सिंह पक्राउ

153

उमेश दुबे
बारा, १७ कार्तिक ÷ बाराको अमलेखगंजबाट १०७ किलो लागु औषध गा“जा सहित सिंहलाई प्रहरीले पक्राउ गरेको छ । हेटौडाबाट पथलैयातर्फ जादै गरेको पिकअपबाट बारा प्रहरीले लागु औषध गा“जा सहित एक जनालाई पक्राउ गरेको हो ।
बिशेष सुचनाको आधारमा हेटौडाबाट पथलैयातर्फ आउदै गरेको ना ४ ख ३८७५ नम्बरको पिकअप गाडीबाट १०७ किलो लागु औषध गा“जा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो । हेटौडाबाट पथलैयातर्फ आउदै गरेको पिकअपमा चेकजाच गर्दा तरकारीको क्रेट भित्र राखिएको अवस्थामा लागु औषध गाजा बरामद गर्न सफल भएको बारा प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उप—महानगरपालिका वडा नं. १२ बस्ने बृजकिसोर सिंहको २४ बर्षिय छोरा विकेश सिंह रहेको बारा प्रहरीले जनाएको छ । पक्राउ पर्ने सिंहलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.