Ultimate magazine theme for WordPress.

हिम्मत छ भने प्रदेश २ को राजधानी जनकपुर घोषणा गरेर बताउ : महासचिव सिंह

5,292

पर्सा, ११ भाद्र / रास्ट्रीय जनता पार्ट्रीका महासचिव राजेशमान सिंहले प्रदेश नम्बर २ को सरकारलाइ हिम्मत छ भने राजधानी जनकपुर बनाएर हेराउन चेतावनी दिनु भएको छ । महासचिव सिंह प्रदेश नम्बर २ मा भएको आन्दोलन बिरगंजबाट शुरू भएको र आन्दोलनलाई उचाइमा समेत पुगाएको बिरगंज नै भएकोले राजधानी बिरगंज हुनुपर्ने बताउनु भयो ।
बिरगंज महानगरपालिकाको लापरबाही र भ्रष्टाचारको बिरोधमा निकालिएको खबरदारी जुलूसमा महासचिव सिंह बोल्दै संविधान सन्सोधनको बिषयमा सबै भन्दा शुरूमा बिरगंजबाटै आन्दोलन सुरू भएको र आन्दोलनलाई उचाइमा समेत पुर्याएकोले बिरगंजलाई नै राजधानी हुनुपर्ने बताउनु भयो । उहाले प्रदेश नम्बर २ सरकारले बिरगंजलाई राजधानी नबनाइ जनकपुरलाइ घोषणा गरेर बताओस त्यसको परिनाम पनि सुन्न तयार रहने प्रदेश सरकारलाई चेतावनी दिनुभयो ।
मधेसी जनताको हकहितका लागि शुरू भएको बिरगंजको आन्दोलन बिश्वकै आन्दोलन मध्ये एक मानिन्छ । तर केही राजनितिकर्मी आफ्नो पद र कुर्सीको लागि बिरगंज र आसपासका जिल्लावासीहरू सङ्ग खेलवाड गरिरहेको बताउनु भयो । रास्ट्रीय जनता पार्ट्रीका महासचिव राजेशमान सिंह प्रदेश सरकारले जनकपुरलाइ राजधानी घोषणा गरे नतिजा नराम्रो हुने बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.