Ultimate magazine theme for WordPress.

हवाहुरीले क्षति उपस्वास्थ्य चौकी अलपत्र, सेवाग्राही मारमा, स्थानीय सरकार मौन

219

उमेश दुबे
बारा, १२ जेष्ठ / विगत बर्ष आएको बिनासकारी हावाहुरीले क्षति पुर्याएको स्वास्थ्य चौकी निर्माण हुन नसक्दा अलपत्र अवस्थामा छ । फेटा गाउपालिका वडा नम्बर ७ गम्हरिया टोल स्थित रहेको उपस्वास्थ्य चौकी भवन निर्माण हुन नसक्दा अलपत्र अवस्थामा भएको हो ।
बाराको गाउपालिकाहरू मध्ये स-भन्दा बढी रकम बिनियोजन हुने गाउपालिका मध्ये फेटा गाउपालिका एकमा पर्दछ । तर स्थानीय सरकारको लापरबाहीले बिगत एक बर्ष अगाडी आएको हावाहुरीले गर्दा उपस्वास्थ्य चौकीको छाना उडाएपनि मर्मत हुन नसकेको स्थानीयले बताएका छन । स्थानीयले जनाए अनुसार फेटा गाउपालिका वडा नम्बर ७ का वडा अध्यक्ष महम्द हुसेन मियालाई पटक पटक उपस्वास्थ्य चौकिको बिषयमा भनेपनी वास्ता नगरेको स्थानीयले दुखेसो पोखे ।
स्थानीय तीन गाउको जनताले उपस्वास्थ्य चौकिबाट सेवा लिदै आएको तर हवाहुरीबाट छाना उडाए पश्चात् वडा अध्यक्ष लगायत गाउपालिका प्रमुखको लापरबाहीले उपस्वास्थ्य चौकी पुन: निर्माण हुन नसक्दा सेवाग्राही मारमा परेको स्थानीयले जानकारी दिनुभयो । उहाले आफुहरू दलित समुदाय भएकै कारण आफ्नो गुनासो वडा अध्यक्षले नसुनेको आरोप लगाउनु भयो ।
यता वडा अध्यक्ष महम्द हुसेनका अनुसार आफुलाइ माथिबाट उपस्वास्थ्य चौकि मर्मतको लागि केही रकम बिनियोजन नगरेको हुनाले मर्मत हुन नसकेको बताउनु भयो । उहाले मर्मत गर्नुपर्ने अवाश्यक्ता भएपनी हालको लागि उपस्वास्थ्य चौकी अर्कै ठाउबाट सन्चालनमा रहेको बताउदै पन्छिन खोज्नु भयो ।
स्थानीय तीन गाउका सर्वसाधारणले सेवा लिने उपस्वास्थ्य चौकी निर्माण हुन नसक्दा स्थानीयहरू अन्यौलमा परेका छन । स्वास्थ्य सङ्ग खेलवाड गर्ने वडा अध्यक्ष लगायत स्थानीय सरकारको ध्यान जान नसकेपनी सम्बन्धित निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.