Ultimate magazine theme for WordPress.

स्थानीय विकासको नाममा भ्रस्टाचार बढ्दै, सम्बन्धित निकाय मौन

215

उमेश दुबे
बारा, ३० जेष्ठ / बाराको फेटा गाउपालिका वडा नम्बर ७ मा विकास कार्यको नाममा भ्रष्टाचार बढेको स्थानीयहरूले बताएका छन । यस अनलाइन सङ्ग कुरा गर्दै स्थानीयहरूले स्थानीय सरकारले विकासको नाममा बजेट छुटयाए पनि समयमा काम सुरू नै हुन नसक्नु भ्रष्टाचारको प्रोपकान्डा मचाएको बताएका हुन ।
फेटा गाउपालिका वडा नम्बर ७ का वडा अध्यक्ष महम्द हुसेन मियाले सार्वजनिक जग्गा अतिक्रम भएपनी मौन धारण गरेको स्थानीयहरूले बताएका छन । सार्वजनिक जग्गा अतिक्रम गर्नेहरू अधिकान्स वडा अध्यक्षकै आफन्त रहेकोले मौन धारण गरेको हुन सक्ने बताइन्छ ।
सार्वजनिक जग्गा अतिक्रम त अर्कै कुरा भयो सडक निर्माणको लागि समेत छुटयाएको रकम हालसम्म प्रयोगमा नल्याउनु भ्रष्टाचार तर्फ औला उठन थालेको स्थानीयले बताए । फेटा गाउपालिका वडा नम्बर ७ गम्हरिया टोलको बिच सडकको कार्य समेत हालसम्म हुन नसकेको दुखेसो पोखेका छन । १० मिनेट पानी पर्नसाथ सडक हुँदै आवत जावत गर्ने सवारी साधन समेत ठप्प हुने गरेको स्थानीयले बताएका छन । पानी पर्दा मोटरसाइकलको माध्यमले समेत आवत जावत गर्न नसकिने दुखेसो स्थानीयवासीहरूको रहेको छ ।
स्थानीय निकायको चुनाव सम्पन्न भएको बर्सै बित्यो तर सडक निर्माणको कार्य हालसम्म सुचारू समेत हुन नसक्नु विफल वडा अध्यक्षको रूपमा महम्द हुसेन मिया लगायत उप मेयर कमरूल खातुनलाई मानिन थालिएको स्थानीयहरूले आरोप लगाए । यस बिषयमा सम्बन्धित निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.