Ultimate magazine theme for WordPress.

स्थानीय राजाहरूकै कारण निर्माण हुन सकेन माधोपुरको मुख्य सडक

167

उमेश दुबे पर्सा, १ असार / रौतहटको माधव नारायण नगरपालिका वडा नम्बर ६ माधोपुर गाउको मुख्य सडक स्थानीय राजाहरूकै कारण निर्माण हुन नसकेको स्थानीयहरूले आरोप लगाएका छन । स्थानीय राजा भनिएका स्थानीय तहले आ-आफ्नो कमिसनमा लागेकै कारण बर्सेनि लाखौ रूपैया निर्माणको लागि छुट्याइने गरेपनी हालसम्म माधोपुर गाउको मुख्य सडक निर्माण हुन नसकेको स्थानीयले आरोप लगाएका हुन ।
रौतहटको माधव नारायण नगरपालिका वडा नम्बर ६ माधोपुरबाट बजार जाने मुख्य सडक नै निर्माण हुन नसक्दा स्थानीयलाई सास्ती खेप्नु परेको बताउछन । स्थानीयले जनाए अनुसार उक्त सडक निर्माणको लागि बर्सेनि मात्र निर्माणको लागि सुनिने गरेपनी हालसम्म निर्माण हुन नसक्नु पनि स्थानीय निकायको कमि कमजोरी रहेको बारे प्रस्ट्याए । माधोपुरमा मात्र १ करोडको बजेट छुट्याइएपनी हालसम्म सडकको दुरदशा देखि आफैलाइ लाज हुने गरेको स्थानीयले दुखेसो पोखे । स्थानीय चुनावको बेला ठुलठुला भासण गरेर गएका नेताहरू हालसम्म सडक निर्माणको बिषयमा केही चासो नदेखाउदा यस्तो हालत भएको स्थानीयले गुनासो गर्दै यस अनलाइनमा राखे ।

Leave A Reply

Your email address will not be published.