Ultimate magazine theme for WordPress.

स्थानीय प्रहरीको सहयोगमा बाराको बलिरामपुर नाका हुँदै व्यापक तस्करी

222

उमेश दुबे
बारा, ११ भदौ / स्थानीय प्रहरीको सहयोगमा बाराको बलिरामपुर नाका हुँदै व्यापक तस्करी बढेपनी माथिल्लो निकायको मौनताले प्रश्न चिन्ह खडा भएको छ । स्थानीय ठुला बडा तस्कर समुहले राती र दिउसो गरि प्रती दिन करोडौ बराबरको मालसमान अबैध तरिकाले आयात गरिरहेपनि स्थानीय प्रहरीदेखि माथिल्लो निकायसम्मको मौनताले इमान्दारिता प्रती ठूलो प्रश्न चिन्ह खडा भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र शाही ठकुरीले आफ्नो क्षेत्रमा पर्ने सीमा नाकाहरूबाट अबैध क्रियाकलाप बन्द गर्न निर्देशन दिएपनी उहाकै मातहातमा रहेको प्रहरी चौकी बलिरामपुर र स्थानीय सशस्त्र प्रहरी बेसको मिलोमतोमा ठुला बडा तस्करहरू सलबलाउन थालेको एक घटनाले प्रमानित गरेको छ । स्थानीय प्रहरी चौकी बलिरामपुरका प्रमुख प्रहरी नायब निरीक्षक यादवले आफ्नो मनमौजी पाराले माथिल्लो निकायको आदेशलाइ धज्जी उडाउदै तस्करीको लाइन दिएको खुलेको छ ।
बाराको बलिरामपुर नाका हुँदै अबैध तरिकाले भित्रिएको कपडा पर्सा जिल्ला प्रवेश गर्नसाथ सशस्त्र प्रहरीले बरामद समेत गर्न सफल भएको थियो । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट खटिएको प्रहरी टोलिले बाराको बलिरामपुरबाट भित्रिएको कपडा इनर्वा गाउँ नजिकैबाट बरामद गर्न सफल भएको थियो ।
कसरी हुन्छ कपडाको अबैध कारोबार ?
भारतबाट अबैध तरिकाले कपडा नेपाल भित्रयाउनको निम्ति स्थानीय प्रहरीदेखि माथिल्लो निकायसम्म मासिक लाखौ रूपैया नजराना बुझाउनु पर्ने हुन्छ । स्थानीय प्रहरी चौकीदेखि माथिल्लो निकायसम्म मासिक नजराना बुझाए पश्चात् सीमा नाकाबाट अबैध क्रियाकलाप सुचारू हुन्छ । ठिक त्यस्तै बाराको बलिरामपुर नाका हुँदै तस्करी सुचारू गर्न स्थानीय प्रहरी चौकी र स्थानीय सशस्त्र प्रहरी बेस लगायत माथिल्लो निकायलाइ मासिक लाखौ रूपैया नजराना बुझाए पश्चात् कपडाको तस्करी तिब्र रूपले अगाडी बढेको छ । दर्जनौ तस्कर समुहले मासिक नजरानाको रूपमा १ लाख देखि ५ लाख रूपैया नजराना बुझाएको एक जना तस्कर श्रोतले जनाएका छन ।
बाराको बलिरामपुर नाका हुँदै अबैध तरिकाले भित्रिने कपडा तस्कर समूह सङ्ग माथिल्लो निकायको संरक्षण रहेको नरहेको बिषयमा अगामी दिनले समेत प्रष्ट पार्ने छ । तसर्थ आफ्नो संगठनको नीति निर्देशनलाइ धज्जी उडाउने स्थानीय प्रहरी चौकी र स्थानीय सशस्त्र प्रहरी बेसका सशस्त्र प्रहरी नायब निरीक्षक माथी माथिल्लो निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.