Ultimate magazine theme for WordPress.

स्थानीय जन प्रतिनिधिकै सहयोगमा सार्वजनिक जग्गा अतिक्रमण

568

उमेश दुबे
बारा, २७ जेष्ठ ÷ बाराको फेटा गाउपालिका वडा नम्बर ७ गम्हरीया टोलमा स्थानीय जनप्रतिनिधिकै सहयोगमा सार्वजनिक जग्गा अतिक्रमण गरिएको छ । स्थानीय चुनाव सम्पन्न भए पश्चात स्थानीय जनप्रतिनिधिकै सहयोगमा केही सार्वजनिक जग्गा अतिक्रमण गरिएको हो ।
स्थानीयहरुले जनाए अनुसार सार्वजनिक पोखरी रहेको जग्गालाई उप मेयर कमरुल खातुन र वडा अध्यक्ष महम्द हुसेन मियाकै सहयोगमा सार्वजनिक जग्गा अतिक्रमण गरिएको जनाएका छन् । आफ्नो पद र पावरको दुरुपयोग गर्दै सार्वजनिक जग्गा अतिक्रमण गर्न लगाएको स्थानीयहरुले आरोप लगाएका छन् । सार्वजनिक जग्गा अतिक्रमण गरी घर समेत निर्माण भइसकेको स्थानीयले बताए । उक्त रवैयाले बर्षायामको बेला पानीको डुवानमा गाउ परिन सक्ने संकेत रहेको स्थानीयले दुखेसो पोखे ।
यस बिषयमा फेटा गाउपालिका वडा नम्बर ७ का वडा अध्यक्षले आफुलाई जग्गा अतिक्रमणको बिषयमा जानकारी भएपनि एक्लै नसकिने बताउनु भयो । उहाले आफु पछाडी स्थानीयले सहयोग नगरेको र आफु एक्लै अतिक्रमण गरेको जग्गा हटाउन नसक्ने स्वीकार्दै पन्छिन खोज्नु भयो । यस बिषयमा उपमेयर लगायत कसैले आफुलाई सहयोग नगरेको बताउनु भयो । यता फेटा गाउपालिकाका अध्यक्ष अमिरीलाल प्रसादले सार्वजनिक जग्गा अतिक्रमणको बिषयमा उपमेयर र वडा अध्यक्षले केही जानकारी नगराएको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.