Ultimate magazine theme for WordPress.

स्थानीय चुनाव भन्दा पहिले संसदको चुनाव गर्नुपर्ने एमालेको नयाँ प्रस्ताव

43

काठमाडौं, ३० मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले स्थानीय र प्रदेशको चुनाव भन्दा पहिले संसदको चुनावमा जानुपर्ने नयाँ प्रस्ताव अघि सारेको छ ।
पार्टी कार्यलय धुम्बाराइमा बसेको एमो स्थायी समितिको बैठकले स्थानीय निकायको चुनावको संभावना टरेको भन्दै उसले अब संसदको चुनावको लागि तयारी गर्न दलहरुसँग छलफल गर्ने निर्णय गरेको हो ।
०७४ माघ सम्म तीन तहको निर्वाचन गर्न असंभव रहेको भन्दै संविधानको कार्यन्वयनको लागि संसदको निर्वाचन गर्नु पर्ने एमालेको ठहर छ ।
शुरुमा संसदको निर्वाचनमा जाने कुरामा मधेसी मोर्चा पनि सहमत हुन सक्ने भन्दै अन्य दलहरुसँग उक्त विषयमा छलफल गर्ने जिम्मेवारी एमाले अध्यक्ष केपी आलीलाई दिने निर्णय गरेको छ ।

Leave A Reply

Your email address will not be published.