Ultimate magazine theme for WordPress.

स्थानीय चुनावबारे प्रधानमन्त्री र प्रमुख निर्वाचन आयुक्तबीच परामर्श

61

काठमाडौं, फागुन ४ : प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय चुनावबारे निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त ययोधीप्रसाद यादवसँग परामर्श गरेका छन्। जेठमा चुनाव गर्न यही हप्ता मिति घोषणा हुनुपर्ने बताउँदै आएका यादवसँग प्रधानमन्त्रीले परामर्श गरेका हुन्।

यसअघि सरकारले चुनावको तयारी थाल्न आयोगलाई पत्राचार गरेको थियो। प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग फागुन पहिलो हप्ताभित्र चुनावको मिति घोषणा गर्ने प्रतिवद्धता जनाएका थिए।

यसैअनुसार प्रधानमन्त्री दाहालले प्रमुख आयुक्त यादवसँग परामर्श गरेको उनका सचिवालयले जनाएको छ। सचिवालयका अनुसार सरकारले यही हप्ताभित्र स्थानीय चुनावको मिति घोषणा गर्ने तयारी थालेको छ।

Leave A Reply

Your email address will not be published.