Ultimate magazine theme for WordPress.

स्कुल बस बाट चेपिएर बालिकाको मृत्यु

56

विरगंज, ०८ जेष्ठ – विरगंजको महावीर स्थान नजिक स्कुल बसबाट चेपिएर एक बालिकाको मृत्यु भएको छ । कादम्बरी स्कुलमा अध्यनरत दिया अग्रवालको सोहि स्कुलको बस (ना २ ख ८५३) नम्बरको बसको पछाडिको चक्काले चेपिएर मृत्यु भएको स्थानीय बासिले बताएका छन् ।

आज बिहान ८ :३० बजे स्कुल बसमा चडदै गर्दा अलमलिएर सडकमा खस्दा पछाडिको चक्काले चेपिएर स्कुलकै कक्षा ९ मा अध्यक्षरत १३ बर्षीय अग्रवालको मुत्यु भएको पर्सा प्रहरीले जनाएको छ । घटना पश्चात महाबिर स्थान चोक केहि बेरको लागि तनाव ग्रस्त बनेको थियो र आक्रोशित स्थानीय बासिले बसमा तोड फोड गरि चालकलाइ नियन्त्रणमा लिएको थिए ।

जिल्ला प्रहरी कार्यालय पर्साले अहिले चालक प्रहरी नियन्त्रणमा रहेको बताएको छ भने बालिकाको सव पोस्ट मोर्टमका लागि नारायणी उपक्षेत्रीय अस्पताल, विरगंजमा लगिएको जनाएको छ ।

Read 550 times

Leave A Reply

Your email address will not be published.