Ultimate magazine theme for WordPress.

सेस्मी ईन्टरनेशनल स्कुलको १५ औ वार्षिकोत्सब भव्य रूपमा सम्पन्न

85

वीरगंज ९ चैत्र /
राष्ट्रिय जनता पार्टिका महासचिव राजेशमान सिंहले शैक्षिक क्षेत्र मुलुकको मेरुदण्ड भएकोले यस क्षेत्रको विकासमा सबै लाग्नुपर्नेमा जोड दिनुभएको छ । दक्ष जनशक्ति उत्पादनमा प्रभावकारी शिक्षाले महत्वपुर्ण भुमिका निर्वाह गर्ने हुँदा देशलाइ रचनात्मक तरिकाले हाँक्न सक्ने जनशक्ति उत्पादन गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।

वीरगंज स्थित सेस्मी ईन्टरनेशनल स्कुलको १५ औं वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव सिंहले सो कुरामा जोड दिनु भएको हो । विद्यालयका निर्देश मनोज यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, सशस्त्र प्रहरी सिमा सुरक्षा बलका प्रहरी नायब उपरिक्षक विकास भुजेल, प्राध्यापक डा. अब्दुल कयुम, प्राध्यापक केदार साह, लायन्स क्लबका डिष्ट्रिक्ट एडभाईजरद्वय मिनाक्षी गुप्ता, देव चौधरी, संघिय प्रेस फोरम प्रदेश नम्बर २ का उपाध्यक्ष विजय कुशवाहा, शिक्षक महासंघका केन्द्रीय सदस्य चन्देश चौहान लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले आर्कषक नृत्य तथा कला प्रस्तुत गरेका थिए । सो क्रममा विभिन्न विद्याका उत्कृष्ट विद्यार्थीहरुलाइ सम्मान पनि गरिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य प्रिन्सिपल अाश्मा सिंह यादवले गर्नु भएको थियोे भने सहजिकरण विवेक कर्णले गर्नु भएको थियोे ।

Leave A Reply

Your email address will not be published.