Ultimate magazine theme for WordPress.

सेट लाइट केबल प्रा.लि. मा छापा

678

पर्सा, ०२ भाद्र / बिरगंज महानगरपालिका वडा नम्बर १० स्थित सन्चालनमा रहेको क्लियर टिभीको सेट लाइट केबल प्रा.लि.मा छापामारी भएको छ । सूचना तथा प्रशारण बिभाग, जिल्ला प्रशासन कार्यालय पर्सा र कर कार्यालय बिरगंजको सन्युक्त टोलिले छापामारी गरेको हो ।
विशेष सूचनाको आधारमा छापामारी गरिएको र हालको समयमा यस बिषयमा बताउन नसक्ने छापामारमा सन्लङ्गन कर्मचारीहरू बताएका छन । जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईका अनुसार उजुरीको अधारमा छापामारी गरिएको बताउनु भयो । यस बिषयमा बिस्तृत विवरण आउन बाकी रहेको छ ।

Leave A Reply

Your email address will not be published.