Ultimate magazine theme for WordPress.

सूचनाको हकका लागि सात बुँदे घोषणापत्र

81

बाबियाचौर (म्याग्दी), पुस २५ : म्याग्दीका सरकारी कार्यालय प्रमुखले सूचनाको हकसम्बन्धी व्यवस्थाको कार्यान्वयन र संरक्षण गर्न सात बुँदे घोषणापत्र जारी गरेका छन्। सदरमुकाम बेनीमा आइतबार प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यको अध्यक्षतामा बसेको कार्यालय प्रमुखको विशेष बैठकमार्फत घोषणापत्र जारी गरिएको हो।

राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाको उपस्थितिमा बैठक बसेको थियो। सूचना लिने र दिने संस्कृतिको विकास गरी पारदर्शिता, जवाफदेहीता र सुशासन कायम गर्न सहयोग पु¥याउने उद्देश्यले सूचनाको हकको सम्मान र संरक्षणमा प्रतिबद्ध हुने निर्णयसहित घोषणापत्र जारी गरिएको प्रजिअ आचार्यले जानकारी दिए।

घोषणापत्रमा प्रत्येक तीन महिनामा सबै कार्यालयले सम्पादन गरेका गतिविधि कार्यालय परिसरमा टाँस्ने र पछिल्लो तेस्रो महिनाको १५ गते सामूहिक रुपमा पत्रकार सम्मेलन गरी जानकारी गराउने प्रतिबद्धता जनाइएको छ।

यसैगरी सबै कार्यालयमा सूचना अधिकारीको व्यवस्था र तोकिएको समयसिमाभित्रै सूचना प्रवाह गर्ने व्यवस्था मिलाउने, सूचना माग भएको र प्रवाह भएको छुट्टै फाइल खडा गरी अभिलेख राख्ने निर्णय भएको प्रजिअ आचार्यले बताए।

सर्वसाधारणलाई सरकारी कार्यालयले गर्ने गतिविधि तथा प्रदान गर्ने सेवा सुविधामा सहज पहुँच स्थापित हुने सरोकारवालाको अपेक्षा छ। कार्यक्रममा प्रमुख सूचना आयुक्त बास्कोटाले कानुनले व्यवस्था गरेअनुसारको सूचना लुकाउने अधिकार कसैलाई नभएकाले त्यस्तो गर्नेलाई कारबाही हुने चेतावनी दिए। लोकतन्त्रको रक्षा, पारदर्शिता, सुशासन, दिगो विकासका लागि सूचनाको हकको पूर्ण पालना हुनुपर्ने प्रमुख आयुक्त बास्कोटाको भनाइ थियो। रासस

Leave A Reply

Your email address will not be published.