Ultimate magazine theme for WordPress.

सुनसरीको बराहक्षेत्रमा आगलागीबाट करिव २० लाखको क्षति

188

मंसिर १७, २०७३- सुनसरीको बराक्षेत्रस्थित चतराको बयरवनमा आज साँझ साढे छ बजे आगलागी हुँदा २० लाख रुपैयाँ भन्दा बढीको धनमालको क्षति भएको छ । बयरवनस्थित प्रदीप बस्नेतको घर भाडामा लिएर बराह आल्मुनियम भाँडा पसल सञ्चालन गर्दै आएका दीपक थापाको पसलमा आगलागी भएको हो । पसलमा राखिएका ग्यासका सिलिण्डर स्थानीय बासिन्दाले निकाल्न सफल भएकाले चतरा बजार आगलागी हुनबाट बचेको प्रहरीले जनाएको छ ।

पसल बन्द गरिसकेपछि आगलागि भएकाले विद्युत सर्ट भएको हुनसक्ने अनुमान गरिएको छ । घरमूली बस्नेतका अनुसार बन्द गरेको आल्मुनियम भाँडा पसल भित्रबाट धुवांको मुस्लो निस्कन थालेको देखेपछि आगो निभाउन स्थानीय समुदायले सहयोग गरेका थिए ।

थापाको पसल पूर्णरुपमा जलेर नस्ट भएको बस्नेतले बताए । आगलागी भएको केही समय पछि धरानबाट पुगेको दमकलले आगो निभाएको थियो ।

Leave A Reply

Your email address will not be published.