Ultimate magazine theme for WordPress.

सीमा नाकालाइ कमाइ खाने भाडो बनाए सशस्त्र प्रहरी बल

576

उमेश दुबे
पर्सा, ११ श्रावण / नेपाल र भारतको सीमा नाका बन्द रहेको ठोकुवा गर्ने सशस्त्र प्रहरी बल नेपालकै कलाकारिताका कारण सीमा नाकामा बसेकाहरू कमाइ खाने भाडो बनाएका छन । सीमा नाकामा बसेका सशस्त्र प्रहरी बलले प्रती ब्यक्ति ५ सयको दरले लिन थालेपछी नेपाल र भारतबाट सजिलै ओहर दोहर गरिन सकिने प्रावधान मिलाएका हुन ।
सीमा नाका सील गर्न नेपाल सरकारले गरेको आहवान र सशस्त्र प्रहरी बल २ नम्बर बाहिनीले गरेको आदेशलाइ धज्जी उडाउदै बिरगंज भन्सारको मूल गेट हुँदै सजिलै ओहर दोहर गरिन सकिन्छ । सशस्त्र प्रहरीले नेपाल सरकारबाट सीमा नाकाको जिम्मेवारी पाएपनी त्यसको निर्वाह बिरगंज भन्सारका सशस्त्र प्रहरीले गरेको पाइएको छैन । एनि हाउ पैसा कमाउ भन्ने उख्खानमा लागेका सशस्त्र प्रहरी हालको समयमा पनि केही रकमको लोभमा परि कोरोना भित्रयाइरहेको सरोकारवालाहरूले बताउन थालेका छन ।
तर मुलूक लगायत विश्व ब्यापी फैलिएको कोरोना भाइरस कहरको बेला सशस्त्र प्रहरीले केही रकमको लोभमा भारतीय नागरिकलाइ भित्रयाउन थालेका छन । सशस्त्र प्रहरी र नेपाल प्रहरीको गैर जिम्मेवारीपनले पर्सा जिल्लाको सदरमुकाम लगायत वरिपरि क्षेत्रहरूमा कोरोना सन्क्रमितको सन्ख्या वृद्धि हुन थालिएको हो । सीमामा खटिएका प्रहरीहरू माथी प्रदेश प्रहरीका प्रमुख द्वय डिआइजीको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.