Ultimate magazine theme for WordPress.

सीमा नाकामा कडाई हुदा तस्कर संगठनहरुले रचन थाले षडयन्त्र

404

उमेश दुबे
बारा, १३ फाल्गुन ÷ बारा जिल्लाको सीमा नाकाहरुमा सशस्त्र प्रहरीको निगरानी बढ्नसाथ तस्कर संगठनहरुले प्रहरीलाई बदनाम गर्नेतर्फ अग्रसर भएको बुझिन्छ । बाराको बलिरामपुर र मुसहर्वा नाकामा सशस्त्र प्रहरीको निगरानी बढ्नसाथ सीमाबाट हुने अवैध कारोवारहरु बन्द हुदा तस्करको चाकरी गर्ने केही दलाल प्रवृतिका मानसिक्ता बोकेकाहरु सशस्त्र प्रहरीलाई बदनाम गर्नेतर्फ अग्रसर भएका हुन ।
बोर्डर आउट पोष्ट बरैनिया नाकामा तस्करहरुको संजाल सक्रिय हुन नसकेपछि समाजिक संजालकै माध्यमले सशस्त्र प्रहरीलाई रकम खानको निम्ति दवाव आइरहेको समाजिक संजालबाटै प्रष्ट भएको छ । बिगत केही दिनदेखी तस्करीको लाइन मिलाउनको निम्ति आफुलाई ठूलो भनिनेहरु बरैनिया नाकामा धाइरहेपनि सशस्त्र प्रहरीले तस्करीको लाइन नदिदा बोर्डर आउट पोष्ट बरैनियालाई बदनाम गर्नेतर्फ लागिपरेको उनकै तस्कर संगठनका नाइकेले आफ्नो नाम नछाप्ने सर्तमा बताएका छन् ।
बोर्डर आउट पोष्ट बरैनियाका सशस्त्र प्रहरी नायब निरीक्षक चन्द्र बहादुर क्षेत्रीले आफ्नो मातहातमा रहेका क्षेत्रहरुमा आफ्नो युनिटबाट २४ औं घण्टा ड्यूटी परिचालन गरेकोले तस्कर संगठनहरुमा समस्या भएको बताए । उनले आफ्नो संगठनको नीति निर्देशन अनुसार कार्य गरिरहेको र तस्कर संगठनहरुलाई पूर्ण रुपले प्रवेश निषेध गरेको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.