Ultimate magazine theme for WordPress.

सिरहामा करेन्ट लागेर एक युवाको मृत्यु

92

मुकेश यादव
सिरहा १४ असार । प्रदेश नम्बर २ सिरहाको वरियारपट्टी गाउँपालिका वडा नम्बर ५ स्थित करेन्ट लागेर एक जना युवाको मृत्यु भएको छ । आफ्नै खेतमा विहान ५ वजेतिर पानी लगाउने क्रममा विजुलिको तर सर्ट भई १७ बर्शिय युवा ध्रवकुमार यादवको मृत्यु भएको हो ।
मृत्कलाई पोष्टमाटकोे लागि राकुमार उमाप्रसाद मुर्रका अस्पताल लगेको जिल्ला प्रहरी कार्यालयको प्रवक्ता अपिल राज वोहरा वताएका छन । वरियारपट्टी गाउँपालिका वडा नम्बर ३ नवटोलि स्थित कृषिको लगि जडान गरीएको ४४० भोल्ट विजुलि तार झर्दा ३ जनाको ज्यान जोगाउन सफल भएपनी ध्रुवकुमारको मृत्यु भएको जनाइएको छ । वरियारपट्टी गाउँपालिका वडा नम्बर ३ नवटोलि वस्ने नेपुर देवि सर्मा,देवकी कामत, उमठी सर्मा घास काटन खेत गईरहेको वेल एक्काशि ४४० भोल्ट तार सर्ट भई खस्दा समान्य घाईते भएको स्थिानिय रामशुफल सर्माले वताएका छन । सरकारको लगानि वालुवामा खनियाए पानी जस्तो भएका छन बरियारपट्टी गाउँपालिकामा कृषिको लागि विधुतीकरण गरेको काम ज्वलन्त उदाहरण रहेका छ ।
असारे विकासको कारण हतार हतारमा ६१ लाख वजेट घुपचुप गर्नको लागि विधुत कार्यालय लहानलाई समेत जानकारी नगरी उपभोक्ता समितिले आफ्नै मनपरी अदक्ष कर्मचारी वाट भएको कृषि विधुती करण गर्दा १५ दिनमै कतै पोल झर्नु त कतै विधुतीय तार सर्ट हुन स्थिानियको गुनासो छ ।

Leave A Reply

Your email address will not be published.