Ultimate magazine theme for WordPress.

सामाजिक परिवर्तन केन्द्र बाराको पहलमा मानमत कलैया–मटिअर्वा सडकको काम पुरा गर्न सरोकारवालाको बैठक

116

बारा २६ माघ । सामाजिक परिवर्तन केन्द्र बाराको आयोजनामा मानमत कलैया–मटिअर्वा सडकको सन्दर्भमा सरोकारवाला निकाय सँग संवाद कार्यक्रम सम्पन्न भएको छ ।
कलैया उपमहानगरपालिकाको नगरसभा गृहमा आयोजित कार्यक्रममा बिगत लामो समय देखि मानमत कलैया–मटिअर्वा सडकको काममा मुआब्जा लगायतका विभिन्न किसिमको समस्या आएकोले सो अधुरो सडकलाई पुरा गर्न सरोकारवाला निकाय सँग छलफल गरी निकास निकालने उदेश्यसे सो बैठकको आयोजना गरिएको आयोजक संस्थाका उमेश दुबेले बताए ।
मानमत कलैया–मटिअर्वा सडकलाई २०६८ सालमा फराकिलो पारी कालोपत्रे गर्ने काम सुरु गरि केही स्थानहरुमा काम सम्पन्न भए पनि सो सडकमा पर्ने कलैया बजार क्षेत्र, बरेवा, बलिरामपुर, सितलपुर लगायतका केही व्यक्तिहरुको जग्गाको उचित मुआब्जा नपाएको भन्दै सम्मानित सर्वोच्च अदालतमा मुद्दा बिचाराधिन रहेको कारण कार्य सम्पन्न हुन नसकेको बैठकमा जनाईएको थियो. । सो सडकलाई सबै सरोकारवाला निकायले तत्काल बैठक बसी बृहत छलफलको माध्यमले निकास दिन आवश्यक रहेको सहभागीहरुले जोड दिएका थिए ।
सामाजिक परिवर्तन केन्द्रका उमेश दुबे, अनिल कुमार कुशवाहा, राजेश कुशवाहा, जुही मेहताको विशेष पहलमा आयोजित कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले सो जग्गाका मुआब्जाको लागि अहिले पनि खातामा करिब ६ करोड रुपैया रहेकोले तत्काल एउटा समिति बनाई जग्गा धनिको सहमतिमै मुआब्जा वितरण गरी काम अगाडि बढाउने बताए ।
मानमत कलैया–मटिअर्वा सडक निर्माणको विषयमा हामी एक महिना भित्र पुनः अर्को बैठक गरी समिति गठन गराई सडकको निर्माण कार्य अगाडि बढाउन लगाईने आयोजक संस्थाका सदस्य दुबेले बताए । बिगत केही वर्ष देखि सडकको कारण दुर्घटना लगायत सास्ती खेप्दै आउनु परेको हुँदा सडक निर्माण भएमा स्थानियवासीहरुमा एउटा नयाँ आयाम र उर्जा थपिने बताए ।
कलैया उ.म.न.पा.का मेयर बिनोद साहको अध्यक्षतामा भएको कार्यक्रममा कलैयाका प्रमुख प्रशासकिय अधिकृत नाथु साह, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक होबिन्द्र बोगटी, सशस्त्र प्रहरी उपरिक्षकद्वय राजु श्रेष्ठ र टोप बहादुर डांगी, राष्ट्रिय अनुसन्धान कार्यालय बाराका उपनिर्देशक अभय सिंह, युवा नेता मुकेश गुप्ता, पारस साह, प्रमोद गुप्ता, जग्गा मुअब्जा संघर्ष समितिका सदस्यहरु लगायत ५५ जना सरोकारवालाहरुको सहभागीता रहेको थियो । सो कार्यक्रमको सहजीकरण आयोजक संस्थाका राजेश कुशवाहाले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.