Ultimate magazine theme for WordPress.

सहमति जुटाउन सभामुखले बोलाइन् सात दलको बैठक

38

काठमाडौं, ११ पुस : ब्यवस्थापिका संसदको गतिरोध हटाउने पहल स्वरुप सभामुख ओनसरी घर्तीले सोमवार सात ठूला दलको बैठक बोलाएकी छन् ।

यसअघि प्रमुख तीन दलको मात्रै छलफल डाकेर सहमति जुट्न नसकेको भन्दै सभामुख घर्ती ठूला सात दलको बैठक बोलाएकी हुन् । संविधान संशोधन विधेयकको विषयलाई लिएर दलहरुबीच विवाद जारी नै रहँदा संसद चल्न नसकेको भन्दै सभामुख ओनसरी घर्तीले सोमवार सात दलको बैठक बोलाएकी छन् ।

दलहरुबीच सहमति हुने संभावना नदेखेपछि सभामुख ओनसरी घर्तीले सोमबार अपरान्ह तीन बजेका लागि सात दलको बैठक बोलाएकी हुन् ।

बैठकमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, सङ्घीय समाजवादी फोरम नेपाल, तराई–मधेस लोकतान्त्रिक पार्टीका शीर्ष नेतालाई बोलाइएको सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए ।

सरकारले मंसिर १४ गते संविधान संशोधन विधेयक ब्यवस्थापिका संसदमा दर्ता गरेपछि एमालेसहितका विपक्षी दलहरुले विधेयक फिर्ताको माग गर्दै विधेयक संसदमा टेवल हुन नदिएर अवरुद्ध गर्दै आएका छन् । मंसिर १६ गतेदेखि संसदमा गतिरोध जारी छ ।

लामो समयदेखि सदन अवरुद्ध हुँदा संसदमा छलफलका क्रममा रहेको अख्तियार दुरुपयोग अनुसन्धान अयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावसमेत अलपत्र परेको छ ।

Leave A Reply

Your email address will not be published.