Ultimate magazine theme for WordPress.

सस्त्र प्रहरी राजस्व गस्ती टोलिद्वारा लागू औषध सहित १ जना पक्राउ

218

उमेश दुबे
पर्सा, २२ पौष / नेपालकै आर्थिक र मूल भन्सारको रूपमा चिनिने बिरगंज भन्सार अगाडीबाट लागू औषध सहित कारोबारी पक्राउ परेका छन । सस्त्र प्रहरी राजस्व गस्ती टोलिले चेकजाच गर्ने क्रममा पक्राउ परेको हो ।
बिरगंज भन्सार कार्यालयबाट खटिएको सस्त्र प्रहरी राजस्व गस्ती टोलिले बिरगंज महानगरपालिका वडा नम्बर १६ स्थित चेकजाछ गर्ने क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको क्रममा नाइट्रोपाइम सहित १ जनालाइ पक्राउ गरिएको सस्त्र प्रहरी नायब उपरीक्षक तिलक खडकाले जानकारी दिनु भयो । उहाले शन्कालागी चेकजाच गर्दा शरीर मै फिटिङ भएको अवस्थामा नियन्त्रणमा लिएको बताउनु भयो । पक्राउ पर्नेमा काभ्रे जिल्ला, पनौती नगरपालिका वडा नम्बर ५ निवासी रमेश राउतको २४ बर्सिय छोरा रामकृष्ण राउतलाइ पक्राउ गरिएको सस्त्र प्रहरी नायब उपरीक्षक तिलक खडकाले बताउनु भयो । आज बिहान करीब ८ बजेर २० मिनटमा पक्राउ गरिएको लागू औषध सहित राउतलाइ अवाश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.