Ultimate magazine theme for WordPress.

सस्त्र प्रहरीका डिआइजी श्रेष्ठको अर्को धमाका, २ वटा स्वाचालित हतियार, ५ राउण्ड गोलि सहित अपराधी पक्राउ

1,721

उमेश दुबे
रौतहट, १५ माघ / रौतहटको सिमाना नाकाबाट हतियार, गोलि सहित सस्त्र प्रहरीले अपराधी पक्राउ गरेको छ । रौतहट जिल्लाको इशनाथ नगरपालिका वडा न. १ स्थित रहेको लालबकैया खोला नजिकैबाट सस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिणीबाट खटिएको टोलिले २ वटा हतियार, ५ राउण्ड गोलि सहित अपराधीलाई पक्राउ गर्न सफल भएको हो ।
भारतबाट नेपाल भित्रिदै गरेको सूचना पाउनसाथ खटिएको सस्त्र प्रहरीको टोलिले नेपाल भित्रिदै गर्दा लालबकैया नदिबाट पक्राउ गर्न सफल भएको डिआइजी प्रवीण श्रेष्ठले बताउनु भयो । उहाले यस अनलाइन सङ कुरा गर्दै भारतबाट नेपाल भित्रिदै गरेको सूचना पाउनसाथ यस कार्यालयबाट खटिएको प्रहरी टोलिले पक्राउ गर्न सफल भएको बताउनु भयो ।
सस्त्र प्रहरीले १ थान कटुवा पेस्तोल, ९ एम एम ब्राउनी स्वचालित पेस्तोल र सो मा प्रयोग हुने ५ राउण्ड गोलि सहित गौर नगरपालिका वडा न. ४ टिकुलवा निवासी नकुल पटेललाई पक्राउ गरिएको डिआइजी श्रेष्ठले बताउनु भयो । पक्राउ गरिएको हतियार र अपराधीलाई अवाश्यक कारवाहिको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको डिआइजी श्रेष्ठले बताउनु भयो ।
आज सस्त्र प्रहरी दिवसको अवसरमा हतियार पक्राउ गरिएकोमा खुसी भएको डिआइजी श्रेष्ठले बताउनु भयो । उहाले आफ्नो कार्यकालमा कुनै अपराधीलाई उम्किन नदिन र अपराधी क्रियाकलाप गर्ने जस्तो सुकै अपराधिलाइ नछोडिने बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.