Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरी संगठनलाई बदनाम गर्न सशस्त्र प्रहरीकै कर्मचारी सकृय

415

बारा, १९ कात्तिक / सशस्त्र प्रहरी संगठनको नीति निर्देशन विपरीत कार्य गर्दै आएको एक कर्मचारीले गर्दा संगठन नै बदनाम हुने गरेको रहस्य खुलेको छ । सशस्त्र प्रहरी संगठनलाई एउटा अब्बल संगठनको रूपमा मानिएपनी संगठनकै माथिल्लो निकायको नाममा रकम असुली गरिरहेको कारण संगठनलाई नै बदनाम गर्दै आएको बिषयमा रहस्य खुलेको हो ।
सशस्त्र प्रहरी बल नेपाल संगठन भित्रै रहेका सशस्त्र प्रहरी हवलदार गगनदेव साहले बिगत एक महिनादेखी माथिल्लो निकायको नाममा रकम असुल गर्दै आएको कारण यस्तो रहस्य उजागर भएको छ । सशस्त्र प्रहरी हवलदार गगनदेव साह संगठन भित्रै रहेका इन्टेलिजेन्ट ब्यूरो शाखामा कार्यरत रहेपनी सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक रोबिनराज कर्णजित र सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीका प्रमुख डिआइजी गणेश ठाडा मगरको नाममा रकम उठाएको बिषयमा एक भिडियो क्लिपबाट सार्वजनिक भएको छ ।
बारा जिल्लाको प्रमुख नाकाको रूपमा मानिने मटिअर्वा नाका हुँदै तस्करी र उक्त नाकामा जुवाको खाल संचालन गर्नको निम्ति सशस्त्र प्रहरी उपरीक्षक कर्णजित र डिआइजी मगरको नाममा २ लाख रूपैया बुझेको संचालकले नै बताएका छन । यस अनलाइनबाट खटेको स्ट्रीङ्ग अपरेसन टोलिले मटिअर्वा नाकामा पुग्दा जुवाको खाल सन्चालन गरेका मनोज भनिनेले यस्तो कार्यको रहस्य खोलेका हुन ।
सीमाबाट हुने गरेको तस्करी लगायत अबैध क्रियाकलाप बन्द गर्न संगठनका प्रमुख आइजिपी शैलेन्द्र खनालले ठाडो निर्देशन दिएपनी संगठनकै नाम बदनाम गर्न आतुर रहेका सशस्त्र प्रहरी हवलदार गगनदेव साहलाई लिन सकिन्छ । संगठनकै आदेश विपरीत कार्य गर्दै आएका सशस्त्र प्रहरी हवलदारलाइ बिभागिय कारवाही हुनुको साटो कारवाहीबाट बचाउन केही ठुला बडा हाकिमकै हात रहेको बारे प्रमानित भएको छ । संगठनका जिम्मेवार ब्यक्तिकै नाममा यस्तो किसिमको रकम उठाउनु र सबै किसिमका अबैध क्रियाकलापबाट हाकिमको नाम बेच्दै रकम उठाउनुले सशस्त्र प्रहरी बल नेपाल संगठनकै नीति निर्देशन माथी प्रश्ण चिन्ह खडा भएको छ ।
यति मात्र कहाँ हो र ? सशस्त्र प्रहरी हवलदार गगनदेव साह पटक पटक बिबादमा पर्दै आएका छन । आज करीब १२ बजेको समयमा मटिअर्वा नाकामा पुगि जुवाको खाल संचालन बापत रहेको बाकी बक्यौता रकम समेत लिएको स्थानीयले बताएका छन । स्थानीयले जनाए अनुसार सशस्त्र प्रहरी हवलदार साह उक्त रकम लिनको निम्ति जुवाको खाल संचालन गर्ने मनोजबाट मटिअर्वा भन्सार भित्र प्रवेश गरि बाकी बक्यौता रहेको ७५ हजार बुझेको बताए । उनका अनुसार साहलाइ बदनाम घुमुवाको रूपमा चिनिदै आएको छ, तर बिभागले के कसरी पटक पटक बदनाम घुमुवालाइ नै परिचालन गर्ने गरेका छन बिषयमा शंका रहेको, उनले बताए ।
केही दिन अगाडी सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीका प्रमुख डिआइजी चन्द्रप्रकाश गौतमको सरूवा हुनासाथ बारा जिल्लाका सबै ठुला बडा तस्करलाई कलैयामा बोलाइ सेटिङ्ग समेत गर्ने प्रयास समेत गरिएको त्यसै मध्ये एक जनाले आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा बताएका छन । तर २ नम्बर बाहिनीमा गौतम भन्दापनी कडा डिआइजीको आग्मन भएको खबर सुनी कुरा मिल्न नसकेको, उनले बताए ।
सशस्त्र प्रहरी हवलदार साह खटिने शाखाबाट डिएसपीको कमान्डमा टोलि परिचालन हुने गर्दछ । तर डिएसपीकै नाम बेच्दै बारा र रौतहट जिल्लामा सशस्त्र प्रहरी हवलदार चान्दा आतन्क मचाएको पाइन्छ । तर संगठनका प्रमुख आइजिपी खनालको त्यसतर्फ ध्यान जान नसक्नुले संगठनकै नीति निर्देशन माथी शन्काको बिषय बनेको छ ।

Leave A Reply

Your email address will not be published.