Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरी संगठनको नीति निर्देशन विपरीत घुमुवा परिचालन

497

उमेश दुबे
पर्सा, ३ कार्तिक ÷ सशस्त्र प्रहरी संगठनका प्रमुख आइजीपि शैलेन्द्र खनालले संगठन भित्र कुनै किसिमको घुमुवा नराख्ने र राखे कमाण्डरलाई कारवाही गरिने बताएपनि सशस्त्र प्रहरी बल नेपाल नं. १४ हे.क्वा.(राजस्व तथा भन्सार गस्ति सुरक्षा)ले दुई जना सशस्त्र प्रहरीका कर्मचारीलाई सादा पोशाकमा परिचालन गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. १४ हे.क्वा.(राजस्व तथा भन्सार गस्ति सुरक्षा)का प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक अमर खत्रीले संगठनकै नीति निर्देशन विपरीत सादा पोशाकमा टोली परिचालन गरेका हुन ।
सशस्त्र प्रहरी नायब उपरीक्षक अमर खत्रीले सशस्त्र प्रहरी जवान सरोज यादव र सशस्त्र प्रहरी हवलदार सुरेश महतोलाई सादा पोशाकमा घुमुवा सरह टोली परिचालन गरिएका छन् । सशस्त्र प्रहरी हवलदार सुरेश महतो र सशस्त्र प्रहरी जवान सरोज यादवले वीरगंज भन्सार राजस्व गस्ति टोलीको नाममा बारा र पर्सा जिल्लाको सीमा नाकाबाट आर्थिक कलेक्सनमा तिब्रता दिएका हुन । नियम विपरीत परिचालन गरेका घुमुवा प्रहरीहरुको कार्य चाहि नाकाबाट तस्करी गर्ने तस्करहरु संग रकम असुली गर्ने हो ।
आफ्नै संगठनको नीति निर्देशनलाई धज्जि उडाउदै नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीमा नाकालाई कमाई खाने भाडो बनाएको प्रति वीरगंज स्थित छपकैया निवासी एक जना सर्वसधारणले आफ्नो दुःख व्यक्त गरेका छन् । रातभरी टाउकोमै कपडाको पोका बोकेर खेतको बाटो प्रयोग गर्दै आउने गरेतापनि प्रहरीलाई केही चासो नहेराउदा आश्चर्य लागेर आउछ, उनि भने । सादा पोशाकमा खटिएको टोली आएपनि पक्राउ नगरी मात्र रकम उठाउनको निम्ति आउने गरेको उनि बताए । तसर्थ ः माथिल्लो निकायको यसतर्फ ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.