Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयको यस आ.व.को प्रगति १०३ प्रतिशतले बृद्धि

1,597

उमेश दुबे
पर्सा, २ कार्तिक ÷ सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयले आ.व. ०७५÷७६ को तुलनामा यस आ.व. ०७६÷०७७ मा १०३ प्रतिशतले वृद्धि भएको जनाएको छ । अघिल्लो आ.व. ०७५÷०७६ को पहिलो त्रैमासिकमा रु ४ करोड ४१ लाख २४ हजार ५ सय ४२ बराबरको अवैध समाग्रीहरु बरामद गरिएको थियो भने यस आ.व.०७६÷७७ को पहिलो त्रैमासिकमा ८ करोड ९४ लाख ७७ हजार ३ सय बराबरको अवैध समाग्रीहरु बरामद गरी सम्बन्धीत कार्यालयमा बुझाइएको हो ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय तथा मातहात कार्यालयहरुबाट आ.व. ०७६÷७७ को पहिलो त्रैमासिकमा ३६ लाख ६ सय ६७ रुपैया बराबरको ५९.१३५ के.जी. चा“दी, १८ लाख ४४ हजार ९५ रुपैया बराबरको ७७१.९१ क्यु.फिट काठ, श्रोत नखुलेको अवैध रकम ३८ लाख २८ हजार २ सय ३५ र अन्य अवैध समाग्रीहरु ८ करोड २ लाख ४ हजार ३ सय ३ गरी कुल जम्मा ८ करोड ९४ लाख ७७ हजार ३ सय बराबरको अवैध समाग्रीहरु सम्बन्धीत कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ । अघिल्लो आर्थिक बर्ष ०७५÷७६ को पहिलो त्रैमासिकमा ४ करोड ४१ लाख २४ हजार ५ सय ४२ बराबरको अवैध समाग्रीहरु सम्बन्धीत कार्यालयमा बुझाइएको थियो भने यस आर्थिक वर्ष ०७६÷०७७ मा ८ करोड ९४ लाख ७७ हजार ३ सय बराबरको अवैध समाग्रीहरु सम्बन्धीत कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयले जनाएको छ ।
अघिल्लो आ.व.को पहिलो त्रैमासिकको तुलनामा यस आ.व. पहिलो त्रैमासिकमा १०३ प्रतिशतले बृद्धि भएको सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयले जनाएको छ । त्यसैगरी ४ वटा कटुवा पेस्तोल, १२ बोरको बन्दुक १ नाल, भरुवा बन्दुक २ नाल गरी कुल ७ वटा हतियार, १४ वटा राउण्ड, ६ वटा क्याप र १ सय ५० ग्राम बारुद्ध, गांजा १६७.६८ किलोग्राम, चरेस २५ किलोग्राम, ब्राउणसुगर २ प्याकेट र अन्य लागु औषध ७ हजार ८ सय ६६ पिस बरामद गरी सो कार्यहरुमा संलग्न ३६ जना सहित सम्बन्धीत कार्यालयहरुमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयले जनाएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयले सीमा क्षेत्रहरुमा हुने अवैध चोरी, निकासी, तस्करी र अवैध हातहतियार तथा लागु औषध ओसारपसार नियन्त्रणलाई मुख्य प्राथमिक्तामा राखी कार्य गरिएको जनाएको छ । भ्रष्टाचारमा शुन्य सशनशीलताको नीतिलाई अबलम्बन गरी सोही अनुरुप कार्य हुदै आइरहेको समेत सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयले जनाएको हो ।

Leave A Reply

Your email address will not be published.