Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरी बल नेपालद्वारा १५ घर परिवारलाई कम्बल वितरण

145

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–१० र ११ घुमखहरे लौरिदमारमा रहेका अति विपन्न वादी समुदायका १५ घर परिवारलाई कम्बल वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले उक्त कम्बल वितरण गरेका हुन् ।
सशस्त्र प्रहरी बल नेपाल न. ३२ गण हे.क्वा. रक्तकाली सुर्खेतको समन्वयमा उक्त वितरण कार्यक्रम सम्पन्न भएको थियो । सशस्त्र प्रहरी बल नेपालको कर्णाली प्रदेशस्तरीय प्रस्तावित तालिम शिक्षालय निर्माणका लागि विस्थापित हुने विपन्न वादी समुदायका १५ घर परिवारलाई प्रतिघर एक गोटा कम्बल वितरण गरिएको गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक दिग विजय सुवेदीले बताए । कम्बल वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रेग्मीले विपन्न समुदायलाई सरकारले सूक्ष्म रूपले सकारात्मक दृष्टिकोणले हेरिरहेकाले विस्थापितको उपयुक्त किसिमले व्यवस्थापन गर्नेे बताए । माघको चिसोमा कम्बलले केही हदसम्म न्यानो गराउन मद्दत गर्ने पनि बताए ।
‘कम्बल प्राप्त हुँदा हामीलाई सरकारले हेर्दैन भन्ने लाग्थ्यो, आज हे¥यो,’ कम्बल प्राप्त गरेपछि विपन्न लालबहादुर वादीले आफ्नो खुसी व्यक्त गरे । स्थानीय वादी अगुवा उजेली वादीले सशस्त्र प्रहरी हाम्रो गाउँमा आएकामा हामी खुसी छौं । हाम्रो पूर्ण सहयोग रहनेछ भनी प्रतिक्रिया दिइन् । सो कार्यक्रममा लेकबेंसी नगरपालिका प्रमुख गगन सुनार, सहायक प्रमुख जिल्ला अधिकारी रोम महत, प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्ट, सशस्त्र प्रहरी उपरीक्षक दिग विजय सुवेदी, जनस्वास्थ्य प्रमुख चेतन वाग्लेको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन सशस्त्र प्रहरी निरीक्षक कमल थानीले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.