Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरी बल नेपालको ठूलो सफलता, तस्करीको कपडा सहित भारतिय ट्रक बरामद

2,943

उमेश दुबे
बारा, ५ माघ / सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीका प्रमुख डिआइजी राजु अर्यालको आदेश आउनसाथ बाराको मटिअर्वाबाट तस्करीको कपडा सहित भारतिय ट्रक बरामद भएको छ । भारतको अदापुरबाट मटिअर्वा हुँदै नेपाल भित्रिएको भारतिय ट्रकलाइ सशस्त्र प्रहरी बल नेपालले नियन्त्रणमा लिएको हो ।
रतिको करीब १२ बजेको समयमा भारतको अदापुरबाट बाराको मटिअर्वा हुँदै नेपाल भित्रिरहेको अवस्थामा सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ । एच आर ६९ बि ७५५८ नम्बरको भारतिय ट्रकमा कपडा आउदै गरेको अवस्थामा बोर्डर आउट पोस्ट मटिअर्वाबाट सशस्त्र प्रहरी निरीक्षक लक्षमण जोसिको कमान्डमा खटिएको टोलिले नियन्त्रणमा लिन सफल भएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
मटिअर्वा भन्सारको मूल गेट हुँदै नेपाल भित्रिएको भारतिय ट्रकमा कपडा लोड रहेको र केही डकुमेन्ट फेला नपरेको हुदा अवाश्यक कारवाहिको लागि भन्सार बुझाउने तर्खरमा लागिएको सशस्त्र प्रहरी निरीक्षक जोसिले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.