Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरी बलको टोलीद्वारा गाँजा खेती फँडानी

247

बारा, १४ भाद्र / सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणले स्थानीयले लगाएको गाजाको खेती फडानी गरेको छ । बारा मातहातको सुरक्षा बेश रतनपुरीबाट खटिएको टोलिले जिल्लाको उअतरी भेग मकवानपुर र निजगढ नगरपालिका वडा नम्बर १३ डम्मरपुर स्थित शक्ति जङ्गलको इलाका भित्र करीब ५ कठ्ठा जग्गामा लगाइएको गाजा खेती नस्ट गरेको हो ।
सशस्त्र प्रहरी बल १२ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रबिनराज कर्णजितका अनुसार स्थानीय केही ब्यक्तिले गाजा खेती लगाएको विशेष सूचनाको अधारमा सशस्त्र प्रहरीको टोलिले गाजाको बिरूवा नस्ट गरेको जनाए । सुरक्षा बेशबाट नायब निरीक्षक र नेपाल प्रहरीको अस्थायी प्रहरी चौकी रतनपुरीबाट प्रहरी हवल्दारको संयुक्त टोली परिचालन गरी खेती कै रुपमा लगाईएको गाँजको बिरुवाहरु नष्ट गरिएको गण श्रोतले जानकारी दिएको छ ।
जिल्लाको उत्तरी भेग मकवानपुरको सीमानामा सदरमुकामबाट टाढा पर्ने जंगलको बिच भाग तिर लुकाई छिपाई गाँजा खेति हुने गरेको सुचनाको आधारमा कारबाही संचालन गरिएको गणपतिले जानकारी दिनु भएको छ । बिगतमा समेत उक्त भेगमा गाँजा खेति हुने गरेको र सुरक्षा निकायबाट फँडानी हुँदै आईरहेको थियो । फँडानी गरिएको गाँजाको बिरुवा हेर्दा अन्दाजी १५ दिन अगाडि लगाईएको हुन सक्ने अनुमान गरिएको छ । गाँजा खेति लगाउने ब्यक्तिको वा समुहको खोजी कार्य समेत भईरहेको सशस्त्र प्रहरी उपरीक्षक कर्णजितले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.