Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरी परिवार महिला संघद्वारा बाराका पिडितलाई राहत बितरण

509

उमेश दुबे
बारा, २० चैत्र ÷ आइतवार आएको बिनाश्कारी हावाहुरीका कारण घरधुरीबाट बन्चित रहेकाहरुलाई सशस्त्र प्रहरी बलले टेन मेन टेन्ट नामक टहरा निर्माण गर्नुको साथै सशस्त्र प्रहरी परिवार महिला संघले पिडितहरुलाई राहत स्वरुप खादान्य र प्रयोग गर्ने समाग्री बितरण गरिएको हो ।

सशस्त्र प्रहरी परिवार महिला संघका अध्यक्ष सरिता खन्नालको प्रमुख अतिथ्यमा आज बाराको फेटा गाउपालिका वडा नम्बर ६ पुरैनिया निवासी पिडितहरुलाई राहत स्वरुप कपडा, खदान्य, झुल लगायतका समाग्री बितरण गरिएको छ । बाराको फेटा गाउपालिका वडा नम्बर ६ मा बिनाश्कारी हावाहुरीबाट करिब ९ जनाको मृत्यु हुनको साथै ८० जना घाइते भएका छन् । हवाहुरीका कारण १ सय ५ वटा घरधुरी पुर्णरुपले ध्वस्त भएको छ । १ सय ५ वटा घरधुरीको लागि सशस्त्र प्रहरी बलले टेन्ट मेन टेन्ट नामक टहरा निर्माण गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.