Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरी निरीक्षक देउजा आग्मन भएको ४८ घण्टा नबित्दै २२ लाखको कपडा नेपाल भित्रियो

580

बारा, १२ चैत्र / बाराको बोर्डर आउट पोष्ट बरैनियामा सशस्त्र प्रहरी निरीक्षक दिनेश देउजा हाजिर भएको ४८ घण्टा नबित्दै लाखौ बराबरको कपडा नेपाल भित्रिएको छ । बोर्डर आउट पोष्ट बरैनिया अन्तर्गत पर्ने कान्तिपुर र कल्याणपुर नाका हुदै सशस्त्र प्रहरीकै मिलोमतोमा २२ लाख बराबरको कपडा तस्करहरुले अवैध तरिकाले नेपाल भित्रयाएका हुन ।
चितवनको कुरिन टारमा कार्यरत रहि हालै बोर्डर आउट पोष्ट बरैनिया, कमाण्डको जिम्मा पाएका सशस्त्र प्रहरी निरीक्षक दिनेश देउजाले हाजिर भएको ४८ घण्टामै तस्करहरुलाई ग्रिन सिग्नल दिएको यस घटनाले पुष्टि समेत गरेको छ । बरैनिया नाका हुदै बिगत लामो समयदेखि बन्द रहेको तस्करी लाइन देउजाको आग्मनले गर्दा तस्करहरुमा खुसीयाली नै छाएको देखिन्छ ।
गत शुक्रवार राति बरैनिया नाकाबाट अवैध तरिकाले तस्करीको काम गर्दै आएका कुख्यात तस्कर सरोज, जलेश्वर, भोलालाई तस्करीको लाइन पाएको सशस्त्र प्रहरीकै कर्मचारी बताउछन । उनका अनुसार सशस्त्र प्रहरी निरीक्षक आग्मन भएकै दिन तस्कर समुहले जाड रक्सी र ब्राण्डिले स्वागत गरे पश्चात तस्करीको लाइन सुचारु भएको बताए । आफु सीमा नाकाको बिषयमा अनभिज्ञ रहेको बताउने सशस्त्र प्रहरी निरीक्षक देउजा आउनसाथ सीमाको निरीक्षण गरी तस्करहरुलाई ग्रिन सिग्नल दिएको, उनले दावी गरे ।
बोर्डर आउट पोष्ट बरैनिया अन्तर्गत पर्ने सशस्त्र प्रहरी बेश छतवाका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक संतोष शाहीलाई निर्देशन दिदै तिन जना ठुला तस्करहरुलाई लाइन दिएको बताइन्छ । सशस्त्र प्रहरी निरीक्षक देउजाले ग्रिन सिग्नल दिनसाथ तस्करहरुको समुहले एकैरातमा २२ लाख बराबरको कपडा कलैया पुरयाएका छन । श्रोतका अनुसार अवैध तरिकाले नेपाल भित्रिएको कपडा कलैया र जितपुर बजारसम्म पुगेको दावी गरे ।
यता सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीका प्रमुख डिआईजी दिपेन्द्र शाहले सीमा नाकाहरुमा कडा रुपले निगरानी बढाउन निर्देशन दिइरहेकै बेला बरैया नाकाबाट २२ लाखको कपडा नेपाल भित्रिनुले संगठन प्रतिको इमान्दारीता माथि प्रश्ण चिन्ह खडा भएको छ । यस बिषयमा डिआईजी दिपेन्द्र शाह लगायत सशस्त्र प्रहरी बल नेपालका प्रमुख आईजीपि राजु अर्याल गम्भीर हुन अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.