Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरी डिआईजी श्रेष्ठको अर्को धमाका ः दालको मुसुरो सहित ३ वटा ट्रयाक्टर र चालक नियन्त्रणमा

1,703

उमेश दुबे
पर्सा, १२ जेष्ठ÷ सशस्त्र प्रहरी बल प्रदेश नम्बर २ का डिआईजी प्रविण श्रेष्ठको निर्देशनमा मुसुरो दाल सहित ३ वटा ट्रयाक्टर र चालक नियन्त्रणमा लिइएको छ । नेपालबाट भारततर्फ जादै गरेको बिशेष सूचनाको आधारमा पर्साको अलौबाट सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको हो ।

वीरगंजबाट मुसुरो लोड गरी भारततर्फ गइरहेको सूचना आउनसाथ सशस्त्र प्रहरीका डिआईजी प्रविण श्रेष्ठले सादा पोशाकमा बिशेष टोली परिचालन गरी पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल प्रदेश नम्बर २ का डिआईजी श्रेष्ठले यस अनलाइन संग कुरा गर्दै आफ्नो कार्यकालमा कुनैपनि तस्कर संगठनहरुलाई छुट नदिने बताउनु भयो । उहाले बिशेष सूचना आउनसाथ टोली परिचालन गरिएको र वीरगंज महानगरपालिका वडा नम्बर १७ अलौ सीमातिर जादै गरेको अवस्थामा पक्राउ गर्न सफल भएको बताउनु भयो । उहाले गाडी रोकी चेकजाच गर्दा कुनै कागज समेत नरहेको र सीमा पुग्दै गरेकोले नियन्त्रणमा लिईएको बताउनु भयो ।
डिआईजी श्रेष्ठले दालको मुसुरो सहित ट्रयाक्टर र चालकलाई समेत नियन्त्रणमा लिएको बताउनु भयो । मुसुरो बोकेको ना १ त ३८५५, ना. १ त ५३८५ र ना १ त ५४०७ नम्बरको ट्रयाक्टर नियन्त्रणमा लिइएको बताउनु भयो । डिआईजी श्रेष्ठले चालक पर्साको बिन्दवासनी गाउपालिका वडा नम्बर २ का बिरोधी यादव, प्रमोद यादव र वडा नम्बर ६ का शम्भु पटेललाई समेत नियन्त्रणमा लिएको बताउनु भयो । सशस्त्र प्रहरी बलका डिआईजी श्रेष्ठले नियन्त्रणमा लिएको मुसुरो, ट्रयाक्टर र चालकलाई आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाइरहेको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.