Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरी डिआईजी श्रेष्ठको टोलीद्वारा ३ महिना नबितिदै करिब ७ करोड बराबरको अवैध मालसमान पक्राउ

1,462

उमेश दुबे
पर्सा, १३ माघ ÷ सशस्त्र प्रहरी २ नम्बर बाहिणीका प्रमुख डिआईजी प्रविण श्रेष्ठले आएको ३ महिना नबितिदै करिब ७ करोड बराबरको अवैध मालसमान पक्राउ गरेको बताउनु भएको छ । नुनदेखी सुनसम्मको तस्करी हुने सीमाना नाकाबाट ३ महिनामा करिब ७ करोड बराबरको अवैध मालसमानहरु पक्राउ गरेको बताउनु भएको हो ।

सशस्त्र प्रहरी २ नम्बर बाहिणी प्रमुखको रुपमा २०७५ साल कार्तिक ३० गते आई पुग्नु भएका डिआईजी प्रविण श्रेष्ठको आग्मन साथ धमाधम मालसमान पक्राउ गर्न थालिएको छ । प्रदेश नम्बर २ मा डिआईजी श्रेष्ठको आग्मन हुनसाथ बारा, पर्सा, रौतहट, सर्लाही, महोतरी, धनुषा, सिरहा, सप्तरी जिल्लाहरुबाट धमाधम मालसमान पक्राउ गर्न थालिएको हो । सशस्त्र प्रहरी संगठनको निति अनुसार नहिडने प्रहरीहरुलाई धमाधम कारवाही गरिन थालेपछि २ नम्बर प्रदेशमा सशस्त्र प्रहरी आफ्नो कार्यलाई इमान्दारीता पूर्वक निर्वाह गरेको पनि सर्वविधितै छ । आफ्नो कार्यकालमा तस्करी हुन नदिन डिआईजी श्रेष्ठले अडान लिनसाथ सशस्त्र प्रहरीहरुमा सुधार हुन थालेको पर्सावासीहरु बताउछन् ।
यस अनलाइन संग कुरा गर्दै सशस्त्र प्रहरीका डिआईजी श्रेष्ठले सूचना अनुरुप आफ्नो कार्यालयबाट सादा पोशाकको टोली निकाल्ने गरेको बताउनु भयो । उहाले ८ वटा जिल्लाहरुको बिभिन्न ठाउहरुबाट आएको सूचनालाई प्राथमिक्तामा राखी टोली परिचालन गरिने गरेको बताए । उहाले प्रदेश नं. २ मै पर्ने सिरहाको गोलबजार नजिकैबाट १ किलो ७ सय ५० ग्राम सुन सहित ६ जनालाई समेत पक्राउ गरिएको बताउनु भयो । सूचना आए पश्चात आफु सादा पोशाकको टोली परिचालन गरिएको र टोली परिचालन गर्नसाथ करिब रातिको १ बजेको समयमा पक्राउ गर्न समेत सफल भएको बताउनु भयो ।

प्रदेश नम्बर २ को बिभिन्न जिल्लाहरुमा आफुले परिचालन गरेको टोलीले अवैध तरिकाले भित्रिएको मालसमान धमाधम पक्राउ गरेको बताए । सूचना आए पश्चात आफु कुनै तस्कर संगठनहरुलाई नछाड्ने बताउनु भयो । उहाले बिभिन्न जिल्लाहरुमा सादा पोशाकमा टोली परिचालन गरी हालसम्म ७ करोड बराबरको अवैध मालसमानहरु पक्राउ गरिसकेको बताउनु भयो । उहाले सशस्त्र प्रहरीले सीमाना नाकामा कडाई गर्न थालेपछि तस्कर संगठनहरुले बिभिन्न किसिमको प्रयोगहरु अपनाउने गरेको बताए । उहाले आजै पर्साको मिर्जापुरबाट अवैध तरिकाले भित्रिएको करिब ७० लाख बराबरको कपडा बरामद गर्न सफल भएको बताउनु भयो ।
डिआईजी श्रेष्ठले सूचनाको आधारमा अवैध तरिकाले नेपाल भित्रिएको कपडा धान बोकेको ट्रयाक्टरमा गइरहेको सूचनाको आधारमा करिब ७० लाख बराबरको कपडा पक्राउ गर्न सफल भएको बताउनु भयो । सूचना आउनसाथ आफैले खटाएको सादा पोशाकको टोलीले धान बोकेको ट्रयाक्टर भित्रबाट कपडा समेत बरामद गर्न सफल भएको बताउनु भयो । उहाले सूचना आए पश्चात कुनैपनि तस्कर संगठनहरुलाई फत्किन नदिन बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.