Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरी डिआइजी श्रेष्ठको अर्को धमाका: १२ किलो ७ सय ग्राम चान्दी सहित एक जना पक्राउ

1,864

उमेश दुबे
पर्सा, २४ जेष्ठ / जनकपुरको बेनौलिबाट १२ किलो ७ सय ग्राम चान्दी सहित एक जना नेपाली नागरिकलाइ सशस्त्र प्रहरी बलले पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल प्रदेश नम्बर २ का प्रमुख डिआइजी प्रवीण श्रेष्ठको आदेशमा सादा पोशाकमा खटिएको टोलिले विशेष सूचनाको अधारमा पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरीले जनाएको हो ।
डिआइजी प्रवीण श्रेष्ठको आदेशमा खटिएको सादा पोशाकको टोलिले जनकपुरको बेनौलिबाट ज.३.प ६२८९ नमबरको डिस्कभर मोटर साइकलमा फिटिङ्ग गरि भारततर्फ लगिरहेको अवस्थामा पक्राउ गरिएको जनाइएको छ । पक्राउ पर्नेमा महोतरी जिल्लाको पिलगवा वडा नम्बर ४ निवासी ३४ बर्सिय बालबोरा प्रसाद साह रहेको सशस्त्र प्रहरीले जनाएको छ । डिस्कभर मोटरसाइकल भित्र सेटिङ्ग गरि लगिरहेको क्रममा पक्राउ गर्न सफल भएको बताइएको छ । यस बिषयमा अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.