Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरी डिआइजी मगरको कडा एक्सन, धमाधम लागू औषध गाजा बरामद

115

पर्सा, १९ मंसिर / बाराको सुवर्ण गाउपालिका वडा नम्बर ६ सन्फुलवा नजिकैबाट लागू औषध गाजा सशस्त्र प्रहरीले बरामद गरेको छ । नेपालबाट भारततर्फ लगिरहेको बिशेष सूचनाको अधारमा लागू औषध गाजा सशस्त्र प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
उक्त नाका हुँदै लागू औषध गाजाको कारोबार तिब्र रूपले भइरहेको सूचना पाउनसाथ सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीबाट स्कवाड टोलि परिचालन भएको थियो । लागू औषध गाजा टाउकोमा बोकि भारततर्फ लगिरहेको अवस्थामा पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरीले जनाएको छ । ८ वटा पोकामा रहेको करीब ८० किलोग्राम लागू औषध गाजा स्कवाड टोलिले नियन्त्रणमा लिएको बताइन्छ । भरियाहरूले टाउकोमा बोकि भारततर्फ लगिरहेको अवस्थामा सशस्त्र प्रहरीलाई देख्नसाथ फरार भएपनी लागू औषध गाजा नियन्त्रणमा लिन सफल भएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीका प्रमुख डिआइजी गणेश ठाडा मगरले नेपाल र भारतको सीमा स्थित रहेका आफ्नो युनिटहरूको साथ साथै स्कवाड टोलिलाइ कडा निर्देशन दिनसाथ धमाधम लागू औषध गाजा बरामद हुन थालिएको छ । यस अघिपनी लागू औषध गाजा सहित ३ जना भरियालाइ पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरीले जानकारी गराएका छन ।

Leave A Reply

Your email address will not be published.